सिरहा, फागुन १४ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको सेमिफाइनल खेलमा वडा नं. ८ विजयी भएको छ।
वडा नं. ९ र वडा नं. ८ बिच हुने भनिएको दोस्रो सेमिफाइनल खेल सुरु हुनु वित्तिकै वडा नं. ९ का खेलाडिहरु खेल बहिष्कार गरी नाराबाजीमा उत्रेपछि वडा नं. ८ लाई विजयी घोषण गरेको छ । वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ ।
विना कारण खेल बहिष्कार गरिएको भन्दै आयोजक सलहेश युवा क्लवले वडा नं. ९ लाई सिरहा नगरपालिका खेलकुद प्रतियोगिता नियमावलीको दफा १२ बमोजिम दुई वर्षका लागि खेलमा समावेश नगराउने गरी प्रतिबन्ध लगाएको छ ।
युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको आज (बिहीवार) खेल पूर्व खेलाडिहरु र नगरपालिका कर्मचारी बिच भिडन्त हुने छ ।
नगरस्तरी खेलको फाइनल वडा नं. ७ र वडा नं. ८ बिच १५ गते हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved