माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजका बीबीए दोस्रो सेमेष्टरमा सबभन्दा बढी विद्यार्थी उर्तिण

  • चैत १०, २०८२ | १७३ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । गोलबजार ४ स्थित राजर्षी जनक विश्वविद्यालयबाट सम्वन्धन प्राप्त माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजका बीबीए दोस्रो सेमेष्टरमा देशभरमै सबभन्दा बढी विद्यार्थी उर्तिण भएका छन् । बीबीए दोस्रो सेमेष्टरमा ८० प्रतिशत विद्यार्थी उतिर्ण भएको भन्दै  विद्यार्थी र प्रध्यापकलाई थप जिम्मेवार बनाउन कलेज प्रशासनले शुभकामना आदान प्रदान गरेका छन् । 

कलेजले विद्यार्थी तथा प्रध्यापकहरुको हौसल्लाको लागि कलेज परिसरमै एक कार्यक्रमको आयोजना गरी सम्मान तथा शुभकामना प्रदान गरिएको कलेजका संस्थापक मनोज कुमार यादवले जानकारी दिए। उनल यो नतिजाले आफू खुसि हुनुका साथै थप जिम्मेवार बनाएको समेत बताए। उनले भने, ‘यो नतिजा हाम्रो सम्पूर्ण कलेज टिम र विद्यार्थीको मेहनतको प्रतिफल हो। नतिजाले हामी असाध्यय खुशी भएका छाँैं। यो नतीजाले हामीलाई खुशीसँगै थप जिम्मेवार बनाएको छ।’

संस्थापक यादवले कलेज प्रशासन तथा व्यवस्थापन सदैव सवैखालका योगदान गर्न तत्पर रहेको बताउँदै ‘कलेजको शिर उच्च राख्न प्रध्यापकको योगदान र विद्यार्थीको लगन’ आवश्यक रहेको बताए। उनले भने, ‘यो कलेज व्यवस्थापनको एक्लो प्रयासले भएको हुँदै होइन। सिङ्गो टीमवर्कको नजीता हो। विद्यार्थीको मेहनत र लगनको प्रतिफ हो। म सधैं प्रध्यापक, विद्यार्थी तथा अन्य सम्वन्धित पक्षसँग यहि अपेक्ष गरिरहेको हुन्छु।’

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथी परीक्षा बोर्डका संयोगक संजय पाण्डे, परीक्षा फाँट प्रमुख प्रमोद यादवले प्रध्यापकको योगदान र विद्यार्थीको मेहनतले राम्रो नतीजा प्राप्त भएको बताए। उनीहरुले उर्तिण विद्यार्थीहरुलाई शुभकामना दिदैं निरन्तर मेहनतको लागि हौसला प्रदान गरे।सोही क्रममा कलेजका संयोजक अनिल यादवले कलेज व्यवस्थापन, प्रध्यापकको मेहनत  विद्यार्थीको लगनशिलताले यो नतीजामा पुग्न सफल भएको बताउँदै खुशी वयक्त गरे। 

पत्रकार अर्जुन थपलिया, रामभरोसी यादव, आशिस विश्वकर्मा, वैधनाथ यादव, सुरेश रायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

राजर्षि जनक विश्वविद्यालबाट ६० भन्दाबढी कलेजले सम्वन्धन लिएर स्नातक र स्नातकोत्तर कार्यक्रम संचालन गरिरहेको छ। यस कलेजबाट परीक्षामा सहभागी ४० मध्ये ३२ विद्यार्थी उतिर्ण भएको जनाएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब