एसइई परीक्षाः मधेशबाट ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

  • चैत ११, २०८२ | १२१ पटक पढिएको | सीमा संदेश
alt

यही चैत १९ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मधेश प्रदेशमा आन्तरिक तयारी थालिएको छ । यस वर्ष मधेश प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले जनाए अनुसार एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर २ ९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनसमेत व्यापक रूपमा गरिएको छ ।

निर्देशनालयले जनाए अनुसार २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । यसका साथै सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ । जिल्लागत विवरण अनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यहाँका २०३ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । त्यस्तै सबैभन्दा कम सप्तरी जिल्लाबाट सहभागी हुने भएको छ । सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थीले परीक्षामा सहभागी हुने छन् । त्यस्तै सिरहा जिल्लाबाट ११ हजार ३८, महोत्तरी जिल्लाबाट ११ हजार ३५१, सर्लाही जिल्लाबाट ११ हजार ३७१, रौतहट जिल्लाबाट नौ हजार ७७७, बारा जिल्लाबाट १० हजार ८१३ तथा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी परीक्षार्थीको संख्या घटेको छ ।

गत वर्ष ८८ हजार ८५८ परीक्षार्थी एसइईमा सहभागी भएका थिए भने यस वर्ष एक हजार २६७ जना कम सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक महेन्द्र महतोले जनाए अनुसार परीक्षाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । उनले परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष बनाउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिमार्फत नियमित अनुगमन गरिने बताए ।

त्यस्तै मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र लगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने तयारी गरिएको पनि निर्देशक महतोले बताए ।

मधेश प्रदेशभर उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको र कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानी गरिने सम्बन्धित निकायले जनाएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब