चोरिएका ७ कुकुर, जो एकअर्कालाई साथ दिँदै १७ किलोमिटर हिँडेर घर फर्किए

  • चैत १२, २०८२ | ९६ पटक पढिएको | सीमा संदेश
alt

चीनको उत्तर-पूर्वी जिलिन प्रान्तको राजधानी चाङ्चुन नजिकैको एउटा सानो गाउँबाट सातवटा कुकुरहरू हराएका थिए । तिनीहरूले १७ किलोमिटरभन्दा बढी यात्रा गरेर घर फर्किएको  घटना विश्वभर भाइरल बनेको छ।

घटना यस्तो थियो:

मार्च १६, २०२६ को रात । चाङ्चुन नजिकैको सानो गाउँबाट सातवटा कुकुरहरू अचानक हराए । उनीहरूलाई कुकुरको मासु व्यापारसँग जोडिएका चोरहरूले चोरेर ट्रकमा हालेका थिए ।

ट्रक गुडिरहेको थियो । चोरहरूको गन्तव्य कुनै अँध्यारो बजार थियो, जहाँ यी निर्दोष प्राणीहरूको जीवन समाप्त हुन सक्थ्यो।  तर यी कुकुरहरूले ट्रकबाट भाग्ने साहस गरे । ट्रकबाट खसेर उनीहरू व्यस्त चाङ्सुआङ एक्सप्रेस सडकको किनारमा पुगे- घरबाट १७ किलोमिटर टाढा, अज्ञात बाटो र अन्धकार रातमा ।

तापक्रम शून्य डिग्रीभन्दा पनि तल झरिसकेको थियो । हावा चिसो र तिखो थियो । तर उनीहरूले एक-अर्कालाई छोडेनन् । भिडियोमा देखिन्छ – उनीहरू सँगै हिँड्छन्, सँगै रोकिन्छन्  ।  जर्मन शेफर्डको खुट्टामा चोट लागेको थियो, ऊ लडखडाउँदै थियो । बाँकी ६ वटाले उसलाई घेरेर जोगाउँथे, पर्खिन्थे र सँगै हिँडाउँथे । कसैले पनि एक्लै भाग्ने कोसिस गरेन । एउटा सानो तर एकाग्र कोरगी कुकुरले अगाडि नेतृत्व गर्दै थियो भने बाँकी कुकुरहरूले खुट्टामा चोट लागेर लडखडाउँदै गरेको जर्मन शेफर्डलाई घेरेर जोगाउँदै र पर्खिँदै सँगै हिँडिरहेका थिए ।

‘नो डग लेफ्ट बिहाइन्ड’ – यो उनीहरूको मौन वाचा जस्तै थियो ।

मार्च १७ को राति एक जना ड्राइभर लुले यो दृश्य देखे । सातवटा कुकुरहरू हाईवेमा लाइन लागेर हिँडिरहेका थि ए। उनीहरूको आँखामा डर थियो, तर दृढता पनि थियो । लुले भिडियो खिचे र सामाजिक सञ्जालमा पोस्ट गरे । त्यो भिडियो भाइरल भयो ।  सोसल मिडियामा २३० मिलियनभन्दा बढी भ्यूज पुग्यो ।

भिडियोमा सुनौलो रङको गोल्डेन रिट्रिभर, लेब्राडोर, जर्मन शेफर्ड, पेकिनिज जस्ता विभिन्न जातका कुकुरहरू व्यस्त राजमार्गमा हिँडिरहेको देखिन्छ । उनीहरूको अगाडि एउटा कोरगी जातको कुकुरले नेतृत्व गर्दै थियो, जसलाई चिनियाँ सञ्चारमाध्यमले ‘डापाङ’ अर्थात् ‘बिग फ्याटी’ भनेर चिनाएका छन् ।

स्ट्रे कुकुर उद्धार केन्द्रकी स्वयंसेवक टोङ टोङले भिडियो देखेर निकै चिन्तित भइन् । शून्य डिग्रीभन्दा कम तापक्रममा ती कुकुरहरूले खाना र पानी नपाएको देखिपछि उनी गाउँ-गाउँमा ढोका ढकढक्याएर खोज्न थालिन् र हराएका कुकुरको सूचना पर्चा टाँसिन् ।

‘मार्च १८ को बिहान म बिउँझिँदा चाङ्चुनमा हिउँ परिरहेको थियो, ‘उद्धार केन्द्रले पोस्ट गरेको भिडियोमा टोङ टोङले भनिन्, ‘मलाई यी सात कुकुरहरूको विशेष चिन्ता लागिरहेको थियो । उनीहरूले खान पए कि पाएनन् पानी पिउन पाए कि पाएनन् भन्ने डर थियो । त्यसैले मैले ड्रोन उडाएर खोज्न थालेँ ।’

कसरी हराएका थिए यी कुकुरहरू ?

मार्च १९ मा ती कुकुरहरू घर फर्किएको खबर आएको थियो । तीमध्ये तीनवटा कुकुर  चाङ्चुन नजिकको गाउँमा बस्ने एक महिलाका थिए ।  ती महिलाले चिनियाँ सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनदेखि कुकुरहरू खोजिरहेकी थिइन् र अब भेटिँदैन होला भनेर हार मानिरहेकी थिइन् । मार्च १८ मा डापाङ घरमा पसेपछि उनी निकै खुसी भइन् । त्यसपछि उनले नजिकका गाउँहरूमा खोज्दा बाँकी कुकुरहरू अर्को गाउँलेले राखेको फेला पारिन् ।

 उनीहरूलाई कुकुरको मासु व्यापारका लागि चोरिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । चीनका केही भागमा अझै पनि कुकुरको मासु खाने प्रचलन  छ । तर अरूले उनीहरूलाई पाल्तु जनावरको रूपमा बेच्न वा अन्य प्रयोजनका लागि चोरिएको वा आफैं हराएको हुन सक्ने अनुमान गरेका छन् ।

एउटा वीबो प्रयोगकर्ताले लेखेका छन्, ‘यो भिडियो हेर्दा रुन मन लाग्यो ।  कुकुरहरू मानिसका सधैंका साथी हुन् ।’

यो घटनाले धेरैलाई भावुक बनाएको छ र कुकुरप्रतिको प्रेम तथा उनीहरूको वफादारीबारे फेरि चर्चा, बहस चलेको छ ।  सातवटा कुकुरहरूले चिसो मौसम, व्यस्त सडक र थकानका बाबजुद एकअर्कालाई छोडेर नहिँड्ने र घरको बाटो आफैं फर्किने साहस देखाएका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब