चोरिएका ७ कुकुर, जो एकअर्कालाई साथ दिँदै १७ किलोमिटर हिँडेर घर फर्किए

  • चैत १२, २०८२ | ३४८ पटक पढिएको | सीमा संदेश
alt

चीनको उत्तर-पूर्वी जिलिन प्रान्तको राजधानी चाङ्चुन नजिकैको एउटा सानो गाउँबाट सातवटा कुकुरहरू हराएका थिए । तिनीहरूले १७ किलोमिटरभन्दा बढी यात्रा गरेर घर फर्किएको  घटना विश्वभर भाइरल बनेको छ।

घटना यस्तो थियो:

मार्च १६, २०२६ को रात । चाङ्चुन नजिकैको सानो गाउँबाट सातवटा कुकुरहरू अचानक हराए । उनीहरूलाई कुकुरको मासु व्यापारसँग जोडिएका चोरहरूले चोरेर ट्रकमा हालेका थिए ।

ट्रक गुडिरहेको थियो । चोरहरूको गन्तव्य कुनै अँध्यारो बजार थियो, जहाँ यी निर्दोष प्राणीहरूको जीवन समाप्त हुन सक्थ्यो।  तर यी कुकुरहरूले ट्रकबाट भाग्ने साहस गरे । ट्रकबाट खसेर उनीहरू व्यस्त चाङ्सुआङ एक्सप्रेस सडकको किनारमा पुगे- घरबाट १७ किलोमिटर टाढा, अज्ञात बाटो र अन्धकार रातमा ।

तापक्रम शून्य डिग्रीभन्दा पनि तल झरिसकेको थियो । हावा चिसो र तिखो थियो । तर उनीहरूले एक-अर्कालाई छोडेनन् । भिडियोमा देखिन्छ – उनीहरू सँगै हिँड्छन्, सँगै रोकिन्छन्  ।  जर्मन शेफर्डको खुट्टामा चोट लागेको थियो, ऊ लडखडाउँदै थियो । बाँकी ६ वटाले उसलाई घेरेर जोगाउँथे, पर्खिन्थे र सँगै हिँडाउँथे । कसैले पनि एक्लै भाग्ने कोसिस गरेन । एउटा सानो तर एकाग्र कोरगी कुकुरले अगाडि नेतृत्व गर्दै थियो भने बाँकी कुकुरहरूले खुट्टामा चोट लागेर लडखडाउँदै गरेको जर्मन शेफर्डलाई घेरेर जोगाउँदै र पर्खिँदै सँगै हिँडिरहेका थिए ।

‘नो डग लेफ्ट बिहाइन्ड’ – यो उनीहरूको मौन वाचा जस्तै थियो ।

मार्च १७ को राति एक जना ड्राइभर लुले यो दृश्य देखे । सातवटा कुकुरहरू हाईवेमा लाइन लागेर हिँडिरहेका थि ए। उनीहरूको आँखामा डर थियो, तर दृढता पनि थियो । लुले भिडियो खिचे र सामाजिक सञ्जालमा पोस्ट गरे । त्यो भिडियो भाइरल भयो ।  सोसल मिडियामा २३० मिलियनभन्दा बढी भ्यूज पुग्यो ।

भिडियोमा सुनौलो रङको गोल्डेन रिट्रिभर, लेब्राडोर, जर्मन शेफर्ड, पेकिनिज जस्ता विभिन्न जातका कुकुरहरू व्यस्त राजमार्गमा हिँडिरहेको देखिन्छ । उनीहरूको अगाडि एउटा कोरगी जातको कुकुरले नेतृत्व गर्दै थियो, जसलाई चिनियाँ सञ्चारमाध्यमले ‘डापाङ’ अर्थात् ‘बिग फ्याटी’ भनेर चिनाएका छन् ।

स्ट्रे कुकुर उद्धार केन्द्रकी स्वयंसेवक टोङ टोङले भिडियो देखेर निकै चिन्तित भइन् । शून्य डिग्रीभन्दा कम तापक्रममा ती कुकुरहरूले खाना र पानी नपाएको देखिपछि उनी गाउँ-गाउँमा ढोका ढकढक्याएर खोज्न थालिन् र हराएका कुकुरको सूचना पर्चा टाँसिन् ।

‘मार्च १८ को बिहान म बिउँझिँदा चाङ्चुनमा हिउँ परिरहेको थियो, ‘उद्धार केन्द्रले पोस्ट गरेको भिडियोमा टोङ टोङले भनिन्, ‘मलाई यी सात कुकुरहरूको विशेष चिन्ता लागिरहेको थियो । उनीहरूले खान पए कि पाएनन् पानी पिउन पाए कि पाएनन् भन्ने डर थियो । त्यसैले मैले ड्रोन उडाएर खोज्न थालेँ ।’

कसरी हराएका थिए यी कुकुरहरू ?

मार्च १९ मा ती कुकुरहरू घर फर्किएको खबर आएको थियो । तीमध्ये तीनवटा कुकुर  चाङ्चुन नजिकको गाउँमा बस्ने एक महिलाका थिए ।  ती महिलाले चिनियाँ सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनदेखि कुकुरहरू खोजिरहेकी थिइन् र अब भेटिँदैन होला भनेर हार मानिरहेकी थिइन् । मार्च १८ मा डापाङ घरमा पसेपछि उनी निकै खुसी भइन् । त्यसपछि उनले नजिकका गाउँहरूमा खोज्दा बाँकी कुकुरहरू अर्को गाउँलेले राखेको फेला पारिन् ।

 उनीहरूलाई कुकुरको मासु व्यापारका लागि चोरिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । चीनका केही भागमा अझै पनि कुकुरको मासु खाने प्रचलन  छ । तर अरूले उनीहरूलाई पाल्तु जनावरको रूपमा बेच्न वा अन्य प्रयोजनका लागि चोरिएको वा आफैं हराएको हुन सक्ने अनुमान गरेका छन् ।

एउटा वीबो प्रयोगकर्ताले लेखेका छन्, ‘यो भिडियो हेर्दा रुन मन लाग्यो ।  कुकुरहरू मानिसका सधैंका साथी हुन् ।’

यो घटनाले धेरैलाई भावुक बनाएको छ र कुकुरप्रतिको प्रेम तथा उनीहरूको वफादारीबारे फेरि चर्चा, बहस चलेको छ ।  सातवटा कुकुरहरूले चिसो मौसम, व्यस्त सडक र थकानका बाबजुद एकअर्कालाई छोडेर नहिँड्ने र घरको बाटो आफैं फर्किने साहस देखाएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब