कोलकातालाई ६ विकेटले हराउँदै १४ वर्षपछि मुम्बईले पहिलो खेल जित्यो

  • चैत १६, २०८२ | ८९ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई इन्डियन्सले आईपीएल २०२६ को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई हराएको छ। आइतबार राति वानखेडे स्टेडियममा भएको खेलमा मुम्बई ६ विकेटले जित निकाल्न सफल भएको हो।

टस जितेर पहिले बलिङ रोजेको मुम्बईविरुद्ध कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिन्क्या रहानेले ६७ रन र अंगकृष रघुवंशीले ५१ रन बनाए। मुम्बईका लागि शार्दुल ठाकुर ले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएर लक्ष्य पूरा गर्‍यो। मुम्बईको जितमा रोहित शर्माले ७८ रन र रायन रिकेल्टनले ८१ रन बनाए।

यो जितसँगै मुम्बईले १४ वर्षपछि (सन् २०१२ पछि) आफ्नो सिजनको पहिलो खेल जितेको छ। यसअघि १३ सिजनसम्म मुम्बईले आफ्नो उद्घाटन खेलमा हार बेहोर्दै आएको थियो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब