उत्तरपुस्तिका परीक्षणदेखि सम्परीक्षण गर्ने अधिकार परीक्षा केन्द्रलाई

  • चैत १८, २०८२ | १८० पटक पढिएको | सीमा संदेश
alt

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल एक महिनाभित्र प्रकाशित हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । तर, व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा सम्भव नहुने भएपछि एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।

स्रोतका अनुसार बोर्डले बुझाएको कार्यतालिका तालिका लिएर मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सकेसम्म चाँडै परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि बोर्डले एक महिनामै परीक्षाफल प्रकाशित गर्न गृहकार्य सुरु गरेको छ ।

बोर्डले परीक्षा सकेलगत्तै सोही परीक्षा केन्द्रबाट परीक्षण गरेको उत्तरपुस्तिका बोर्डलाई बुझाउनुपर्नेछ । अर्थात् केन्द्रमा सबै परीक्षा सकेको भोलिपल्ट सबै विषयको उत्तरपुस्तिका केन्द्रमा बुझाउनुपर्नेछ । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले मन्त्रीको निर्देशनअनुसार एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्नेगरी गृहकार्य थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशन प्राप्त भएलगत्तै सोहीअनुसार काम सुरु भइसकेको छ ।’

उच्चस्रोतका अनुसार हिजो मंगलवार बसेको बोर्डको बैठकले उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि तयार गरी छलफल गरेको छ । सम्भवतः केही हेरफेर नभएदेखि एक दुई दिनमा कार्यविधि पारित भई लागू हुने र कार्यविधिमा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था हुने स्रोतले बतायो ।

आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने विषय कार्यविधिमा लेखिएको छ । परीक्षामा केन्द्राध्यक्षले कसलाई उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मा दिने त्यस विषयमा निर्णय गर्नेछन् । केन्द्रका सम्बन्धित विद्यालयका निरीक्षकले फरक विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । कार्यविधिको मस्यौदामा परीक्षा सकिएपछि नम्बर इन्ट्री, स्क्रुटिङ र सम्परीक्षण गर्नेसम्म सबै काम सकेर बोर्डले परीक्षाफल प्रकाशित गर्न मिल्नेगरी नम्बर पठाउनुपर्नेछ ।

एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण र व्यवस्थापन गर्न जिल्लास्थित शिक्षा समन्वय ईकाई, स्थानीय र प्रदेश सरकारलाई जिम्मेवारी तोकिनेछ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘प्रदेश, ईकाई र स्थानीय तहलाई जिम्मेवारी बनाउन यो निर्णय गर्न लागिएको हो ।’ यो निर्णयले केन्द्राध्यक्षलाई बढी जिम्मेवार र जवाफदेही बनाउनेछ ।

अब परीक्षाफल प्रकाशित गर्ने, नम्बर चढाउने, उत्तरपुस्तिका जोगाएर राख्नेसम्मको काम तीन तहको सरकारले गर्नेछ । परीक्षाफल प्रकाशित भइसकेपछि मिसिङ, रिटोटलिङलगायत सबै काम तीन तहले व्यवस्थापन गर्नेछ । त्यसका लागि सफ्टवेयरदेखि पासवर्ड व्यवस्थापन गरी केन्द्रमा पठाउनेछ । कार्यविधिमा सबैभन्दा बढी जिम्मेवारी केन्द्राध्यक्षलाई दिएको छ ।

मन्त्री पोखरेलले बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चूडामणि पौडेल र बोर्डका पदाधिकारीसँग यस विषयमा छलफल गरी सोहीअनुसार तयार गर्न निर्देशन दिनुभएको छ । केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सुधार हुने अपेक्षा शिक्षाविद् र अभिभावकले लिएका छन् ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सरकारले गरेको यो निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विदेशमा कहीँ पनि बोर्डले प्रश्नपत्र परीक्षण गर्दैनन्, केन्द्रबाटै सबै काम हुने हो । परीक्षा सुधार गर्न मन्त्री पोखरेलले गर्नुभएको यो निर्णय व्यावहारिक छ ।’ उहाँले सबै केन्द्रमा सीसीटीभी राखिने र बोर्ड र मन्त्रालयले अनुगमन गर्ने भएकोले थप व्यवस्थित हुने अपेक्षा लिएको बताउनुभयो ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केन्द्रलाई थप जिम्मेवार बनाउन सरकारले गरेको यो निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काम सकारात्मक छ, एक महिनामा परीक्षाफल प्रकाशित हुन्छ कि हुँदैन परीक्षाको घडी आएको छ ।’ उहाँले सरकारको यो निर्णयले परीक्षणमा चलखेल होइन व्यवस्थित हुने बताउनुभयो ।

एसईई परीक्षा सुरु हुनु एक दिनअघि कार्यविधि परिवर्तन हुन लागेको हो । परीक्षा भोलि बिहीबारबाट सुरु हँुदै छ । परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुँदै छन् । बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षामा फरक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर डेढ घण्टा समय थप गरिएको छ ।

‘परीक्षाका जिल्ला समन्वय ईकाई र प्रदेश सरकारको मातहतमा रहेको प्रदेश परीक्षा बोर्डका अधिकारीले मात्र अनुगमन गर्नेछन् । अनुगमनको क्रममा भीडभाड गर्ने पुरानो परम्परा हटाएका छौं’ –परीक्षा नियन्त्रक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब