नवौ गोलबजार मेयर गोल्डकप-2082 : उद्घाटन खेलमा इटहरी विजयी

  • चैत २४, २०८२ | ९८ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इटहरीको राष्ट्रिय जागृति क्लब विजयी भएका छन्। हेटौंडा फुटबल एकेडेमी र इटहरीबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटहरी विजयी भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। उक्त पुरस्कार गोलबजार नगरपालिका ९ का वडा अध्यक्ष सुरेन्द्र सिंहले प्रदान गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र सद्भाव मजबुत बनाउने उल्लेख गरे। खेल क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

कार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन नगर प्रवक्ता तथा वडा नम्वर ६ का अध्यक्ष संजित लामाले गरेका थिए। कार्यक्रममा नगरका १३ वटै वडाका अध्यक्ष, सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको भोलिको खेल सलहेश युवा क्लब सिरहा र गोलबजार स्पोर्ट्स क्लबबीच दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ नगदसहित ट्रफी उपविजेताले २ लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त पार्नेछन्। साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता गोलबजार नगरपालिका २ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको छ, जहाँ देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिए।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब