नवौँ गोलबजार मेयर गोल्डकप : सलहेश युवा क्लब सिरहा विजयी

  • चैत २५, २०८२ | २०० पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको अन्तिम समयमा जर्सी नम्बर ६ का खेलाडी पासङ लामाले गरेको एक गोल निर्णायक भएको हो।

उत्कृष्ट प्रदर्शन गरेका पासङ लामा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामाले प्रदान गरेका थिए।  आजको खेल चात्यासा फुटबल क्लब, विराटनगर र झापा बीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४४ हजार ४४४ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २२ हजार २२२ सहित ट्रफी हात पार्नेछ। साथै  ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

गोलबजार नगरपालिका २ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब