गोलबजार मेयर गोल्डकप : ब्रदर्श हुड उदयपुर र सलहेश युवा क्लब सिरहा भिडदै

  • चैत २९, २०८२ | १९१ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । गोलबजार नगरपालिकाद्वारा जारी नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको आज हुने फाइनलमा ब्रदर्श हुड फुटबल क्लब, उदयपुर र सलहेश युवा क्लब, सिरहा भिड्ने भएको छ। शनिवार सम्पन्न दोस्रो सेमिफाइनलमा ब्रदर्श हुड क्लब, उदयपुर विजयी भएपछि सहलेश युवा क्लवसँग भिड्ने भएको हो। 

दोस्रो सेमिफाईनलमा ब्रदर्श हुड क्लब र चात्या सा फुटबल क्लब, झापाबीच भएको रोमाञ्चक प्रतिस्पर्धा निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटामा उदयपुरले जित हासिलगर्दै फाइनल यात्रा तय गरेको हो।

खेलमा चात्या साका तर्फबाट जर्सी नम्बर ८ का खेलाडी शिशिर लेखीले पहिलो हाफमा अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए। यता, ब्रदर्श हुडका जर्सी नम्बर ४ का रिचड इजेन्वाले पहिलो हाफमै एक गोल फर्काएका थिए भने दोस्रो हाफमा जर्सी नम्बर ९ का आकाश राईले बराबरी गोल गर्दै खेललाई पेनाल्टीतर्फ धकेले।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक सौरभ बराल ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ‘म्यान अफ द म्याच’ बाट गोलबजार नगरपालिकाका लेखा अधिकृत रामसुफल साहले प्रदान गरेका थिए।

फाइनल खेल दिउँसो २ बजे गोलबजार नगरपालिका २, गुरुधामस्थित खेलग्राममा हुने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष संजित लामाले जानकारी दिए।

विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। साथै ‘म्यान अफ द म्याच’ र ‘उत्कृष्ट खेलाडी’ लगायतका विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ वटा टीमले भाग लिएका थिए। 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब