कांग्रेस–कम्युनिष्ट युगको अन्त्य !

  • चैत ३०, २०८२ | २५८ पटक पढिएको | सीमा संदेश
alt

नेपाली राजनीतिमा कांग्रेस – कम्युनिस्ट पार्टीहरू पुराना र स्थापित पार्टीहरू हुन। कांग्रेस पार्टीको उदय  बि. स. २००३ सालमा  विशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा भएको थियो भने कम्युनिस्टको स्थापना भने वि. स . २००६ सालमा पुस्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । नेपाली राजनीतिमा यी दुई  ठूला शक्तिहरुको लामो इतिहास छ । १०४ वर्ष लामो  जहानियाँ निरंकुश राणा  शासनलाई समाप्त पार्न  कांग्रेस – कम्युनिष्टले  ठूलो र  महत्वपूर्ण भूमिका रहेको थियो । कांग्रेस – कम्युनिस्टको संघर्ष , क्रान्तिबाट नै नेपालमा प्रजातन्त्रको आगमन २००७ सालमा सम्भव भएको  थियो ।

२००७ सालको क्रान्ति  ,२०४६ सालको जनआन्दोलन  वा  ०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनमा  यी दुई शक्तिहरुकै संयुक्त नेतृत्वमा भएका थिए । यी खास समाएमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तनहरू कांग्रेस – कम्युनिस्ट संघर्षबाट नै  प्राप्त उपलब्धि हुन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेस – कम्युनिस्ट कै अग्रणी भूमिका  रहेको छ ।

३ दशक लामो निरङ्कुश पञ्चायत शासन काल पछि  झण्डै साढे तिन दशक  संसदीय लोकतान्त्रिक  राजनीतिमा  कांग्रेस – कम्युनिष्टहरु कै वर्चस्व रहयो । यिनीहरु पुराना लोकप्रिय दलहरु  बने । दलहरु यिनीहरूले पटक पटक पाई पालो  शासन सत्ता सम्हाल्ने अवसर पाए । नेपाली जनताले यिनीहरूलाई विश्वास गरे ।  तर जनताको मत, आकांक्षा ,अपेक्षा अनुसार यी दुई राजनीतिक शक्तिहरूले कार्य गर्न  नसक्नु  दुर्भाग्य थियो । जनताले परिवर्तन  खोजेका थिए । लोकतान्त्रिक व्यवस्था मार्फत  सुशासन , विकास र समृद्धि  चाहेका थिए ।  धेरै लामो समयदेखि  आम नेपाली जनता  यी शक्तिहरुको   राजनीति बाट  आजित  भई सकेका हुनाले  एउटा वैकल्पिक शक्तिको चाहिरहेका थिए ।

दलहरु प्रतिको आक्रोश र असन्तुष्टि बढ्दै गए । जुन भदौ २३÷२४ को  जेन जी विद्रोहले स्पस्ट गरिदियो । पुराना कांग्रेस – कम्युनिस्टहरूले लोकतन्त्रलाई मुठ्ठीमा राख्न खोजे । लोकतन्त्रलाई गुठतान्त्र, लुटतन्त्र, नेतातन्त्र, परिवारतन्त्र को दलदलमा फसाउने काम भयो ।  राजनीति राजनीति को लागी मात्र भयो  । जनता र देशका लागि हुन सकेन । हालै सम्पन्न मध्यवति निर्वाचन परिणामले पुराना शक्तिहरूलाई पाखा लगाइदिए र नयाँ शक्तिको उदय भएको हो ।

कांग्रेस – कम्युनिष्टहरु किन आज जनताबाट टाढा हुँदै छन्  के अब  यिनीहरूको समय अथवा युगको अन्त्य  हुन खोजेको हो त ?  जसरी  छिमेकी मुलुक भारतमा कम्युनिस्ट लगभग सकिएको अवस्थामा छ भने कांग्रेस पनि   करिब डेढ दशक देखि कमजोर शक्ति बन्दै गई रहेको छ । त्यसरी नै  कांग्रेस – कम्युनिस्ट पनि  आगामी दिनहरुमा आफूलाई बदल्न नसके  समाप्त हुने त होइन भन्ने  निम्न कारणहरुबाट बुझ्न सकिन्छ ।

सैद्धान्तिक तथा वैचारिक विचलन ––
प्रमुख शक्तिहरू कांग्रेस कम्युनिष्टहरुमा सैद्धान्तिक वैचारिक विचलन देखियो ।   विगतमा यिनीहरूले सत्ता स्वार्थका निम्ति आफ्ना सिद्धान्त र विचारलाई त्यागे । शक्ति र सत्ताको लागि हदै सम्म पनि गर्न भ्याए । अर्थात्  दक्षिणपन्थी अवसरवादी चरित्र पनि देखाए । सत्ता भन्दा ठूलो अरु  केही छैन भन्ने बुझे । कम्युनिस्ट वास्तविक कम्युनिस्ट जस्तो  हुन सकेन । वामपन्थी विचारधारा  लाई लत्याएर  यथास्थितिवादी,पुँजीवादी र प्रतिक्रियावादी शक्तिहरुसँग सहकार्य वा सम्झौता  गरी आफ्नो स्वार्थ पूरा गर्ने गरेको ईतिहास छ ।

 कम्युनिस्ट सिद्धान्त एकातिर हुन्छ भने राजनीतिक कार्यक्रम एजेण्डा अर्कै हुन्छ । सिद्धान्त र कार्यक्रममा असङ्गती देखिन्छ । उदहरनको लागि माक्र्सवाद लेनिनवाद र माओवाद कम्युनिस्ट पार्टीहरूको  मार्ग दर्शकको रूपमा हुन्छ भने  एकदलीय राज्य  व्यबस्था लाई स्वीकार गर्दछ  र  सर्वहारा अधिनाकत्व पक्षमा वकालत गर्दछ । तर नेपालका कम्युनिष्टहरु बहुदल स्वीकार गर्ने , संसदीय प्रणालीमा विश्वास र यसको  अभ्यास गर्ने लोकतन्त्र मान्ने जस्ता क्रियाकलाप लेनिन र माक्र्सको दर्शन भन्दा भिन्न छ ।

अर्थात् नेपालका कम्युनिस्ट र रसियन, चीन उत्तरकोरिया ,  क्युवा र भियतनाम  मोडेल हुनु पर्ने हो । त्यसै गरी कांग्रेसको  सैद्धान्तिक धार प्रजातान्त्रिक समाजवाद हो जसले लोकतन्त्र र समाजवाद दुवैको  मिश्रण  लाई  आत्मसाथ गर्दछ । तर कांग्रेसको  व्यवहारमा भने  उदार पूँजीवाद अँगालेको छ ।  उद्दार अर्थतन्त्र को पक्षधर हो । खुला बजार र निजीकरण लाई प्राथमिकतामा राख्दछ जुन  सिद्धान्त सँग मेल खाँदैन ।

पार्टी हेजेमनी कायम गर्नु–
कांग्रेस – कम्युनिस्टले आफ्ना राजनीतिक संगठन लाई ठूलो र शक्तिशाली बनाउन मात्र चाहे । पार्टीको वर्चस्व जसरी भए पनि  हमेशा कायम गर्न खोजे । जनताका  माग, आवश्यता चाहना लाई  उनीहरूले प्राथमिकतामा राख्न सकेन। जनता र राष्ट्रको  स्वार्थ भन्दा पार्टी ठूलो हो भन्ने  बुझे । दललाई नै सर्वशक्तिमान् ठान्ने प्रवृत्तिले गर्दा कांग्रेस – कम्युनिस्ट प्रति जनताको वितृष्णा जाग्यो । र जनता कुनै पार्टीको झोले वा दास बन्न चाहेनन् ।

२१औ शताब्दीलाई बुझ्न नसक्नु –––
आजको युग २१औ शताब्दीको युग हो ।  यो विज्ञान र प्रविधिको युग हो । डिजिटलको प्रभावले व्यक्ति र समाजमा ठूलो परिवर्तन ल्याएको छ । मानिसको सोच , चिन्तन र व्यवहारमा बदलाव आएको छ । सामाजिक सञ्जालले  गर्दा कुनै  व्यक्तिले दिएको स्टेटमेन्ट छिन् भरमा राष्ट्रिय बहस बन्न सक्छ ।

जनमत  तयार गर्न सक्छ । जुन जनमत तयार गर्न  विगतमा महिनौं दिन सम्म लाग्ने गथ्र्यो । तर कांग्रेस – कम्युनिस्टले २१ औं शताब्दी लाई त्यति महत्व दिइएको देखिंदैन । बरु यिनीहरूले १८ औ शताब्दीको पुरानै ज्ञान , सोच वा चिन्तनले २१औ शताब्दीलाई डोर्याउन खोजे । हाँक्न खोजे । १८औ शताब्दी मा युरोपमा जुन ज्ञान, विचार , प्रविधि विज्ञान,  साहित्य, कला, राजनीति, दर्शन , औद्योगिक क्रान्ति देखापरेको  परिवर्तन अहिले फिट नहुन सक्छ भन्ने कुराको हेक्का गर्न सकेन । पुरानै चिन्तनको प्रयोग अहिलेको समाज र परिस्थिलाई हाँक्न खोजी आफ्नो अहंकार लुकाउन खोज्नु ठूलो कमजोरी थियो । अहिलेको ग्लोबल दुनियाँमा नागरिक राजनीतिक रूपले सचेत छन् भन्ने कुरा बुझ्न नसक्नु हो ।

दुवैको चरित्र उस्तै हुनु –––
कांग्रेस –कम्युनिस्ट फरक पार्टीहरू हुन । दुवै सैद्धान्तिक। वैचारिक दृष्टिकोण बाट आधारभूत रूपले फरक पार्टीहरु  हुन  ।  कांग्रेस प्रजातान्त्रिक समाजवादलाई  आत्मसात गर्दछ भने कम्युनिस्ट वर्गसंघर्ष बाट समाजवाद हुँदै  साम्यबाद  पुग्ने लक्ष्य राख्दछ ।  विपरीत ध्रुवमा  उभिएका  दलहरु पटक पटक आफ्ना स्वार्थ पूरा गर्न  एकै ठाउँमा उभिएको ,सहमति गरेको  नजिर प्रशस्तै छन् । चाहे २०५१ सालको मध्यावती निर्वाचन पछि कांग्रेस कम्युनिस्ट समीकरण होस या त  २०६१ तत्कालिन ज्ञानेन्द्रको शासनको अन्त्य पछि होस या  २०८०÷८१  कांग्रेस कम्युनिस्ट विशेष गरी ( एमाले )समीकरण उदाहरण हुन् ।

लोकतन्त्रमा दुई ठूला शक्तिहरू मिलेर सरकारको नेतृत्व गर्नु  लोकतान्त्रिक अभ्यास विरुद्ध हुन्छ । एक प्रकारले नेतृत्व तानाशाह  हुन्छ ।सरकारको  प्रतिपक्ष हुँदैन भने अलोकतान्त्रिक हुन्छ। दुवै मिल्नु को अर्थ आफ्नो स्वार्थका लागि भन्ने स्पस्ट हुन्छ । तसर्थ कांग्रेस – कम्युनिस्ट फरक पार्टी भए पनि  यिनीहरु एउटै सिक्काका दुई पातहरू हुन । सिक्काका जाट पल्टाए पनि मूल्य उही नै हुन्छ ।  यिनीहरूका बोली, व्यवहार ,शैली , क्रियाकलापमा कुनै तात्विक भिन्नता देखिएन । दुवै उस्तै हुन भनी  जनताले बुझे । 

अन्त्यमा, राजनीतिमा हारजित स्थायी कहिल्यै हुँदैन । यो सबै पार्टीहरूको हकमा  लागू हुन्छ । जित्नेले घमण्ड गर्ने र हार्नेले जित्दैन भन्ने हुँदैन । कांग्रेस – कम्युनिस्टले आत्मसमीक्षा गरी आफूलाई परिवर्तन गर्न सके समयको पद चाप लाई बुझ्न सके भने र  सिद्धान्त र नीतिलाई व्यवहारमा लागू गर्न सके मौका र अवसर धेरै टाढा छैन । यदि कांग्रेस – कम्युनिस्ट  सच्चिन सक्दैन भने साढे सात दशकको यिनीहरूको नेतृत्वलाई भावी पुस्ताले राणा युग सँग तुलना गर्नेछ । यो निश्चित छ कि कांग्रेस – कम्युनिस्टको युग समाप्त हुनेछ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब