नेपाली राजनीतिमा कांग्रेस – कम्युनिस्ट पार्टीहरू पुराना र स्थापित पार्टीहरू हुन। कांग्रेस पार्टीको उदय बि. स. २००३ सालमा विशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा भएको थियो भने कम्युनिस्टको स्थापना भने वि. स . २००६ सालमा पुस्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । नेपाली राजनीतिमा यी दुई ठूला शक्तिहरुको लामो इतिहास छ । १०४ वर्ष लामो जहानियाँ निरंकुश राणा शासनलाई समाप्त पार्न कांग्रेस – कम्युनिष्टले ठूलो र महत्वपूर्ण भूमिका रहेको थियो । कांग्रेस – कम्युनिस्टको संघर्ष , क्रान्तिबाट नै नेपालमा प्रजातन्त्रको आगमन २००७ सालमा सम्भव भएको थियो ।
२००७ सालको क्रान्ति ,२०४६ सालको जनआन्दोलन वा ०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनमा यी दुई शक्तिहरुकै संयुक्त नेतृत्वमा भएका थिए । यी खास समाएमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तनहरू कांग्रेस – कम्युनिस्ट संघर्षबाट नै प्राप्त उपलब्धि हुन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेस – कम्युनिस्ट कै अग्रणी भूमिका रहेको छ ।
३ दशक लामो निरङ्कुश पञ्चायत शासन काल पछि झण्डै साढे तिन दशक संसदीय लोकतान्त्रिक राजनीतिमा कांग्रेस – कम्युनिष्टहरु कै वर्चस्व रहयो । यिनीहरु पुराना लोकप्रिय दलहरु बने । दलहरु यिनीहरूले पटक पटक पाई पालो शासन सत्ता सम्हाल्ने अवसर पाए । नेपाली जनताले यिनीहरूलाई विश्वास गरे । तर जनताको मत, आकांक्षा ,अपेक्षा अनुसार यी दुई राजनीतिक शक्तिहरूले कार्य गर्न नसक्नु दुर्भाग्य थियो । जनताले परिवर्तन खोजेका थिए । लोकतान्त्रिक व्यवस्था मार्फत सुशासन , विकास र समृद्धि चाहेका थिए । धेरै लामो समयदेखि आम नेपाली जनता यी शक्तिहरुको राजनीति बाट आजित भई सकेका हुनाले एउटा वैकल्पिक शक्तिको चाहिरहेका थिए ।
दलहरु प्रतिको आक्रोश र असन्तुष्टि बढ्दै गए । जुन भदौ २३÷२४ को जेन जी विद्रोहले स्पस्ट गरिदियो । पुराना कांग्रेस – कम्युनिस्टहरूले लोकतन्त्रलाई मुठ्ठीमा राख्न खोजे । लोकतन्त्रलाई गुठतान्त्र, लुटतन्त्र, नेतातन्त्र, परिवारतन्त्र को दलदलमा फसाउने काम भयो । राजनीति राजनीति को लागी मात्र भयो । जनता र देशका लागि हुन सकेन । हालै सम्पन्न मध्यवति निर्वाचन परिणामले पुराना शक्तिहरूलाई पाखा लगाइदिए र नयाँ शक्तिको उदय भएको हो ।
कांग्रेस – कम्युनिष्टहरु किन आज जनताबाट टाढा हुँदै छन् के अब यिनीहरूको समय अथवा युगको अन्त्य हुन खोजेको हो त ? जसरी छिमेकी मुलुक भारतमा कम्युनिस्ट लगभग सकिएको अवस्थामा छ भने कांग्रेस पनि करिब डेढ दशक देखि कमजोर शक्ति बन्दै गई रहेको छ । त्यसरी नै कांग्रेस – कम्युनिस्ट पनि आगामी दिनहरुमा आफूलाई बदल्न नसके समाप्त हुने त होइन भन्ने निम्न कारणहरुबाट बुझ्न सकिन्छ ।
सैद्धान्तिक तथा वैचारिक विचलन ––
प्रमुख शक्तिहरू कांग्रेस कम्युनिष्टहरुमा सैद्धान्तिक वैचारिक विचलन देखियो । विगतमा यिनीहरूले सत्ता स्वार्थका निम्ति आफ्ना सिद्धान्त र विचारलाई त्यागे । शक्ति र सत्ताको लागि हदै सम्म पनि गर्न भ्याए । अर्थात् दक्षिणपन्थी अवसरवादी चरित्र पनि देखाए । सत्ता भन्दा ठूलो अरु केही छैन भन्ने बुझे । कम्युनिस्ट वास्तविक कम्युनिस्ट जस्तो हुन सकेन । वामपन्थी विचारधारा लाई लत्याएर यथास्थितिवादी,पुँजीवादी र प्रतिक्रियावादी शक्तिहरुसँग सहकार्य वा सम्झौता गरी आफ्नो स्वार्थ पूरा गर्ने गरेको ईतिहास छ ।
कम्युनिस्ट सिद्धान्त एकातिर हुन्छ भने राजनीतिक कार्यक्रम एजेण्डा अर्कै हुन्छ । सिद्धान्त र कार्यक्रममा असङ्गती देखिन्छ । उदहरनको लागि माक्र्सवाद लेनिनवाद र माओवाद कम्युनिस्ट पार्टीहरूको मार्ग दर्शकको रूपमा हुन्छ भने एकदलीय राज्य व्यबस्था लाई स्वीकार गर्दछ र सर्वहारा अधिनाकत्व पक्षमा वकालत गर्दछ । तर नेपालका कम्युनिष्टहरु बहुदल स्वीकार गर्ने , संसदीय प्रणालीमा विश्वास र यसको अभ्यास गर्ने लोकतन्त्र मान्ने जस्ता क्रियाकलाप लेनिन र माक्र्सको दर्शन भन्दा भिन्न छ ।
अर्थात् नेपालका कम्युनिस्ट र रसियन, चीन उत्तरकोरिया , क्युवा र भियतनाम मोडेल हुनु पर्ने हो । त्यसै गरी कांग्रेसको सैद्धान्तिक धार प्रजातान्त्रिक समाजवाद हो जसले लोकतन्त्र र समाजवाद दुवैको मिश्रण लाई आत्मसाथ गर्दछ । तर कांग्रेसको व्यवहारमा भने उदार पूँजीवाद अँगालेको छ । उद्दार अर्थतन्त्र को पक्षधर हो । खुला बजार र निजीकरण लाई प्राथमिकतामा राख्दछ जुन सिद्धान्त सँग मेल खाँदैन ।
पार्टी हेजेमनी कायम गर्नु–
कांग्रेस – कम्युनिस्टले आफ्ना राजनीतिक संगठन लाई ठूलो र शक्तिशाली बनाउन मात्र चाहे । पार्टीको वर्चस्व जसरी भए पनि हमेशा कायम गर्न खोजे । जनताका माग, आवश्यता चाहना लाई उनीहरूले प्राथमिकतामा राख्न सकेन। जनता र राष्ट्रको स्वार्थ भन्दा पार्टी ठूलो हो भन्ने बुझे । दललाई नै सर्वशक्तिमान् ठान्ने प्रवृत्तिले गर्दा कांग्रेस – कम्युनिस्ट प्रति जनताको वितृष्णा जाग्यो । र जनता कुनै पार्टीको झोले वा दास बन्न चाहेनन् ।
२१औ शताब्दीलाई बुझ्न नसक्नु –––
आजको युग २१औ शताब्दीको युग हो । यो विज्ञान र प्रविधिको युग हो । डिजिटलको प्रभावले व्यक्ति र समाजमा ठूलो परिवर्तन ल्याएको छ । मानिसको सोच , चिन्तन र व्यवहारमा बदलाव आएको छ । सामाजिक सञ्जालले गर्दा कुनै व्यक्तिले दिएको स्टेटमेन्ट छिन् भरमा राष्ट्रिय बहस बन्न सक्छ ।
जनमत तयार गर्न सक्छ । जुन जनमत तयार गर्न विगतमा महिनौं दिन सम्म लाग्ने गथ्र्यो । तर कांग्रेस – कम्युनिस्टले २१ औं शताब्दी लाई त्यति महत्व दिइएको देखिंदैन । बरु यिनीहरूले १८ औ शताब्दीको पुरानै ज्ञान , सोच वा चिन्तनले २१औ शताब्दीलाई डोर्याउन खोजे । हाँक्न खोजे । १८औ शताब्दी मा युरोपमा जुन ज्ञान, विचार , प्रविधि विज्ञान, साहित्य, कला, राजनीति, दर्शन , औद्योगिक क्रान्ति देखापरेको परिवर्तन अहिले फिट नहुन सक्छ भन्ने कुराको हेक्का गर्न सकेन । पुरानै चिन्तनको प्रयोग अहिलेको समाज र परिस्थिलाई हाँक्न खोजी आफ्नो अहंकार लुकाउन खोज्नु ठूलो कमजोरी थियो । अहिलेको ग्लोबल दुनियाँमा नागरिक राजनीतिक रूपले सचेत छन् भन्ने कुरा बुझ्न नसक्नु हो ।
दुवैको चरित्र उस्तै हुनु –––
कांग्रेस –कम्युनिस्ट फरक पार्टीहरू हुन । दुवै सैद्धान्तिक। वैचारिक दृष्टिकोण बाट आधारभूत रूपले फरक पार्टीहरु हुन । कांग्रेस प्रजातान्त्रिक समाजवादलाई आत्मसात गर्दछ भने कम्युनिस्ट वर्गसंघर्ष बाट समाजवाद हुँदै साम्यबाद पुग्ने लक्ष्य राख्दछ । विपरीत ध्रुवमा उभिएका दलहरु पटक पटक आफ्ना स्वार्थ पूरा गर्न एकै ठाउँमा उभिएको ,सहमति गरेको नजिर प्रशस्तै छन् । चाहे २०५१ सालको मध्यावती निर्वाचन पछि कांग्रेस कम्युनिस्ट समीकरण होस या त २०६१ तत्कालिन ज्ञानेन्द्रको शासनको अन्त्य पछि होस या २०८०÷८१ कांग्रेस कम्युनिस्ट विशेष गरी ( एमाले )समीकरण उदाहरण हुन् ।
लोकतन्त्रमा दुई ठूला शक्तिहरू मिलेर सरकारको नेतृत्व गर्नु लोकतान्त्रिक अभ्यास विरुद्ध हुन्छ । एक प्रकारले नेतृत्व तानाशाह हुन्छ ।सरकारको प्रतिपक्ष हुँदैन भने अलोकतान्त्रिक हुन्छ। दुवै मिल्नु को अर्थ आफ्नो स्वार्थका लागि भन्ने स्पस्ट हुन्छ । तसर्थ कांग्रेस – कम्युनिस्ट फरक पार्टी भए पनि यिनीहरु एउटै सिक्काका दुई पातहरू हुन । सिक्काका जाट पल्टाए पनि मूल्य उही नै हुन्छ । यिनीहरूका बोली, व्यवहार ,शैली , क्रियाकलापमा कुनै तात्विक भिन्नता देखिएन । दुवै उस्तै हुन भनी जनताले बुझे ।
अन्त्यमा, राजनीतिमा हारजित स्थायी कहिल्यै हुँदैन । यो सबै पार्टीहरूको हकमा लागू हुन्छ । जित्नेले घमण्ड गर्ने र हार्नेले जित्दैन भन्ने हुँदैन । कांग्रेस – कम्युनिस्टले आत्मसमीक्षा गरी आफूलाई परिवर्तन गर्न सके समयको पद चाप लाई बुझ्न सके भने र सिद्धान्त र नीतिलाई व्यवहारमा लागू गर्न सके मौका र अवसर धेरै टाढा छैन । यदि कांग्रेस – कम्युनिस्ट सच्चिन सक्दैन भने साढे सात दशकको यिनीहरूको नेतृत्वलाई भावी पुस्ताले राणा युग सँग तुलना गर्नेछ । यो निश्चित छ कि कांग्रेस – कम्युनिस्टको युग समाप्त हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved