धनगढीमाईमा खैरो हेरोइनसहित दुईजना पक्राउ

  • वैशाख २३, २०८३ | १२८ पटक पढिएको | सीमा संदेश
alt

धनगढीमाई नगरपालिका– ५, तेत्तिसबिघाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण कार्यालय गोलबजारको संयुक्त टोलीले दुई युवकलाई प्लास्टिकबाहेक आठ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनगढीमाई वडा नम्बर ५ का करिब २० वर्षीय भरतकुमार मण्डल र वडा नम्बर १० का करिब २१ वर्षीय जीवछ साफी रहेका सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये साफीको साथबाट खैरो हेरोइनजस्तो पदार्थ र थप खानतलासी गर्दा एक थान इलेक्ट्रिक तराजु र एक थान मोबाइल तथा उनीहरू चढेको स.९ प १०७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। 

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमार्फत सोमबार सिराहा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि आठ दिनको म्याद लिइएको छ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब