मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिनुहुने

  • वैशाख २९, २०८३ | २९५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिनुहुने भएको छ।

आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागेका हुन्।

मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रिपरिषद्को बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना प्रदेशसभा सदस्य छन्। चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिने छ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब