सिमावर्ती क्षेत्रका भारतीय व्यापारीहरुले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै जुलुस निकालेका छन् ।
नेपाल सरकारले भारतबाट ल्याइने सामानमा कडा भन्सार नीति लागू गरेपछि आफ्नो व्यापार सुकेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।
नेपाल सरकारले नेपाली रुपैयाँ १०० (लगभग भारतीय ६३–६५) भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क (५ देखि ८० प्रतिशतसम्म) अनिवार्य रूपमा लागू गरेपछि सीमावर्ति क्षेत्रका भारतीय व्यापारी तनावमा परेका छन् ।
उनीहरुको व्यापारमा भारती गिरावट आएको छ । यसले दैनिक उपभोग्य वस्तु (किराना, चिप्स, कोल्ड ड्रिंक्स, फलफूल, बिस्कुट आदि) मा पनि प्रभाव पारेको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यो नीतिले हाम्रो जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ । नेपाल सरकारले तुरुन्त यो निर्णय फिर्ता लेओस् ।’
केही ठाउँमा ‘बालेन सरकार मुर्दाबाद’, ‘बालेन सरकारका काला कानून मुर्दावाद’, ‘नेपालीओं संघर्ष करो’ जस्ता नारा लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
नेपालमा पनि मधेसी दलहरु र कांग्रेसले सरकारले लगाएको भन्सारको विरोध गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको राजस्व संकलन बढाउने, अनौपचारिक व्यापार रोक्ने र स्थानीय व्यापारीलाई संरक्षण दिने उद्देश्यले यो निर्णय लिएको हो ।
भारतको विदेश मन्त्रालयले यो नेपालको आन्तरिक नीति भएको तर दैनिक जीवन र परम्परागत व्यापार प्रभावित नहोस् भन्दै चासो व्यक्त गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved