सहिद हेमनारायण गोल्डकपको फुटबल प्रतियोगिता जेठ ८ गते बाट आयोजना हुने

  • जेठ ३, २०८३ | २८२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । “युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान“ का साथ आयोजना हुन लागेको चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने भएको छ ।

सलहेश युवा क्लब सिरहाको आयोजनामा तथा सिरहा नगरपालिकाको मुख्य सहयोग र सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म सिरहा नगरपालिका–३, मखनाहा स्थित शंकर रंगशालामा हुनेछ । उद्घाटन खेल शुक्रबार दिउँसो ३ः३० बजे सञ्चालन हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सलहेश युवा क्लबका अध्यक्ष यादवले प्रतियोगितामा आयोजकसहित देशका विभिन्न क्षेत्रका ८ टोलीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार यस वर्ष केही नयाँ टोलीलाई समेत समावेश गरिएकाले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।

691040583_956163023876556_5328491307191600879_n

सार्वजनिक खेल तालिका अनुसार जेठ ९ गते काठमाडौंको टोली र पथरी–११ एफसी मोरङबीच खेल हुनेछ । त्यसैगरी जेठ १० गते गाईघाट युनाइटेड उदयपुर र गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी आमनेसामने हुनेछन् भने जेठ ११ गते आयोजक सलहेश युवा क्लब सिरहा र भारतको माँ कामाख्या स्पोट्र्स क्लब बक्सरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू जेठ १२ र १३ गते आयोजना गरिनेछ भने फाइनल खेल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अघिल्ला तीनवटै संस्करण घरेलु टोलीले जितेको इतिहास रहेकाले यस पटक पनि स्थानीय दर्शकमाझ प्रतियोगिताप्रति ठूलो उत्साह देखिएको छ । प्रतियोगितालाई मधेश क्षेत्रमा फुटबल विकास, युवा प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब