संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

  • असार १३, २०८३ | २२० पटक पढिएको | सीमा संदेश
alt

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले संघीयतालाई पुनर्संरचना गर्नेबारे गरेको प्रस्तावमा मधेशमा विरोध सुरु भइसकेको छ । रास्वपाले प्रदेश सभा खारेज र संघीयतालाई पुनर्संरचना गर्ने प्रस्ताव गरेपछि मधेसमा विरोध भइरहेको छ ।

यद्यपि अन्य ६ वटा प्रदेशमा यसको खासै चर्चा छैन । मधेसमा नेताहरूदेखि लिएर अन्य बौद्धिक व्यक्तिहरूले पनि सो प्रस्तावको आलोचना गरिरहेका छन् । जनकपुरका प्राध्यापक एवं मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष भोगेन्द्र झाले संघीयताप्रति मधेसको अलि बढी माया भएका कारण संघीयताविरुद्ध हुने कुनै पनि गतिविधिप्रति यहाँका जनता र नेता चनाखो हुने प्रस्ट पारेका छन् । उनले भने ‘देशमा संघीयता ल्याउन मधेसी जनताले ठुलो संघर्ष गरेका छन् ।१० वर्षका अवधिमा तीन/तीन पटक आन्दोलन गरेका छन भने सो आन्दोलनमा सयभन्दा बढी मधेशी जनता राज्यपक्षबाट मारिएका छन् । त्यसैले मधेशीलाई संघीयताप्रति बढी माया छ ।’ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताले संघीयता ल्याउन रगत बगाएको जिकिर गर्दै त्यसलाई जोगाउन फेरि पनि संघर्ष गर्न तयार रहेको प्रस्ट पारे । उनले संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई भत्काउन खोजे त्यसको सशक्त प्रतिरोध हुनुका साथै द्वन्द्व र अशान्तितर्फ मुलुक धकेलिने चेतावनी पनि दिए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि रास्वपाको महाधिवेशनमा प्रदेश सभा खारेजीको कुरा कसैले गर्नु गलत हो । संघीयताप्रति रास्वपा पहिलादेखि इमानदार नरहेको बताए ।

उनले रास्वपाका केही नेताले ‘प्रदेश सभा पो खारेज गर्ने हो, प्रदेश त रहिरहन्छ’ भनेर अघि सारेको तर्कलाई अध्यक्ष राउतले ‘गोयबल्स शैली’ संज्ञा दिएका छन् । उनले भने, ‘यस्तो तर्कको अर्थ खाली टाउको त काटेको हो, खुट्टा भाँचिदिएको हो, मान्छे त रहिरहन्छ भन्नेजस्तै हो ।’ जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले एउटा समुदायलाई खुसी पार्नका लागि सङ्घीयता र प्रदेश सभा खारेजको प्रस्ताव आएको बताए । यो प्रस्ताव एकात्मक सोच र साम्प्रदायिक विचारबाट पूर्णतः ग्रस्त विषाक्त प्रस्ताव रहेको उनको भनाइ छ ।

त्रिपाठीले संविधान प्रदत्त अधिकारबाट प्रदेशलाई वञ्चित गराइ अधिकारविहीन बनाइएको गुनासो गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रस्तुत प्रस्तावले हामीलाई अनौठो लागेको छैन किनकि यस्तो विचार वाहकको सामना हामीले पहिलेदेखि गरेका हौँ । नयाँ भनाउँदाबाट पनि यस्तै विचार आउँदा अचम्म मानेका छैनौँ ।’ रास्वपाका नेता राजीव झाले वाग्लेको प्रस्तावमा आफूहरूको समर्थन नरहेको बताए । मधेसमा रहेका अधिकांश रास्वपाका नेताले सो प्रस्तावलाई स्वीकार नगरेको उनको भनाइ छ । उक्त प्रस्ताव फिर्ता लिनका लागि आफूहरूले पार्टीमा दबाब दिने बताउँदै उनले सङ्घीयतालाई बालियो बनाउने भनेर मत लिएको रास्वपाले सङ्घीयतालाई कमजोर बनाउने काम गर्न नहुने प्रस्ट पारे ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले भने, ‘देशमा संघीयता ल्याउन मधेशी, थारु, आदिवासी जनजातिले ठूलो बलिदानी दिएका छन् । कुनै पार्टीले आफ्नो महाधिवेशनमा प्रस्ताव ल्याउँदैमा संघीयता केरकार गर्न गरिदैन । यति त्यस्तो भयो भने मधेशी मात्र होइन थारु र आदिवासी जनजाति पनि सरकारविरुद्ध सडकमा उत्रनेछ ।’ कोशी प्रदेशका जसपा नेपालका नेता जयराम यादवले कोशी प्रदेशका जनताले रास्वपाको महाधिवेशनलाई नजिकबाट नियालिरहेको बताए । देशको सबभन्दा ठुलो दल, सरकारको पनि नेतृत्व गरिरहेकाले उसले गर्ने हरेक निर्णय र प्रस्ताव मननयोग्य हुने उनको भनाइ छ । आवश्यक परे संघीयता जोगाउन मधेशी जनता फेरी संघर्ष गर्न तयार ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब