कस्तो हुन्छ भौतिकवादी समाज ?

  • असार १३, २०८३ | ३२ पटक पढिएको | सीमा संदेश
alt

सामान्यतया दर्शन भन्नाले जीवन र जगतलाई हेर्ने,बुझ्ने र व्याख्या गर्ने दृष्टिकोणलाई बुझाउँछ । सत्यता के हो?  ज्ञान कसरी आर्जन गर्न सकिन्छ? भन्ने प्रश्नहरूको  खोजी नै दर्शन हो । मानव र प्रकृतिविचको अन्तरसम्बन्ध बारेको अध्ययन पनि दर्शन हो । जुनबेला मानिसहरू असभ्यता बाट सभ्यता  तर्फ अघि बढ्न थाले । त्यस पछि मात्रै  दर्शनको विकास भएको मानिन्छ  । जुन दर्शनको उत्पति र विकास युरोपमा भयो । त्यसलाई पाश्चात्य दर्शन भनियो भने जुन दर्शन  एसियामा जस्तो  भारत ,चीन,नेपाल  र जापानमा देखापर्यो त्यसलाई पूर्वीय दर्शन भनियो यस प्रकारले  दर्शनलाई पूर्वीय दर्शन  र पश्चिमी दर्शन गरी दुई प्रकारहरू भएका हुन  । दुवै दर्शनहरू भनेका  फरक – फरक चिन्तनहरू हुन् । 

अब यहाँ बुझ्नु पर्ने कुरा भौतिकवाद भनेको चाहिँ के हो त? वर्तमानमा  यसको सान्दर्भिकता किन अझै बढिरहेको छ? भन्ने कुरा बुझ्नु अपरिहार्य हुन्छ । मुख्यत भौतिकवाद एउटा दर्शन हो । यो त्यो दृष्टिकोण हो  जसले  पदार्थ वा वस्तु लाई नै अन्तिम शास्वत सत्य मान्दछ । यस संसारमा आँखाले देख्न सक्ने जतिपनि वस्तुहरू छन् जसलाई छुन र अनुभव गर्न सकिन्छ त्यस्ता कुराहरूलाई प्राथमिकता दिन्छ । 

हाम्रो  ज्ञानेन्द्रिय भित्र आउने जुन चीजहरू छन्  यिनै कुराहरू त यो यो भौतिक संसार छ । यस बाहेक अरु के छ र? अरु केही पनि छैन । भौतक संसारमा यी सब कुरा चलाउन विकास गर्न यसका केही नियम र प्रक्रियाहरू छ  । यसमा यस बाहेक  अरु कुनै बाहिरी शक्ति छैन । र यसको कुनै  प्रभाव पनि छैन । वास्तविकता यही नै हो ।  यो दृष्टिकोण अनुसार  आध्यात्मवाद भन्दा भौतिक वाद नै राम्रो हो । भौतिक जीवन नै राम्रो र सुखी हो भन्नेमा विश्वास गर्दछ ।

भौतिकवाद र आध्यात्मवाद दुई विपरीत ध्रुवमा उभिएका दार्शनिक विचारहरू हुन । भौतिकवादले ईश्वरलाई वा कुनै अलौकिक कुरालाई अस्वीकार गर्दछ । यसले संसारको उत्पति पदार्थबाट भएको भन्ने मान्यता राख्दछ । तर आध्यात्मवाद वा आदर्शवादले  ईश्वर   नै यस ब्रह्माण्डको सृष्टिकर्ता र  यसको सञ्चालक हो भनी स्वीकार गर्दछ ।श्रृष्टिको सम्पूर्ण  स्रोत नै ईश्वरलाई मानदछ ।  इश्वर बिना कुनै  कुरा सम्भव  नहुने  ठान्दछ । यसले चेतना,विचार र आत्मालाई प्रमुख तत्व मान्दछ भने  पदार्थलाई गौंन मान्दछ ।

झण्डै ३५०० देखि ४००० वर्ष अघि देखि नै अध्यात्मवादी धारणा समाजमा चल्दै आएको  पुरानो धारणा  हो । यस धारणा अनुसार  समाजमा कुनै  समस्या वा घटना भयो भने  त्यसको एउटै कारण हो इश्वर । इश्वर प्रति मानिस यति अन्धभक्त  हुन्छन् कि सबथोक इश्वरकै कारणले हुन्छ भनी विश्वास गर्छन् । मानिस किन धनी हुन्छ ईस्वरले गर्दा र गरिब किन बन्छ?  यसको एउटै जवाफ हो ईश्वरले गर्दा।  

दन गर्ने , भक्ति गर्ने , पुण्य गर्यो भने  अर्को जन्ममा धनी हुने र सुखी हुने  यदि त्यसो नगरेको खण्डमा वा पाप गर्यो कुकर्म गर्यो भने  अर्को जन्ममा गरिब र दुःखी हुनु पर्छ भन्ने खालको  भाग्यवाद ,आदर्शवाद र अन्धविश्वासको  खेती हाम्रो समाजमा धेरै पहिले देखिनै चल्दै आयो । यसरी यति धेरै समय बिति सकेपछि अन्ततः समाजले यसलाई  परम्परा ठान्यो । संस्कृति ठान्यो । जुन अभ्यास र परम्पराले समाजलाई अगाडि बढ्न होइन  बरु पछाडि  धकेल्ने काम गर्यो ।

त्यसै गरी धर्मलाई भौतिकवादी विचारले  समाज रुपान्तरणको बाधकको रूपमा  ठान्दछ । धर्म रहेसम्म समाजमा कुनै परिवर्तन हुन सक्दैन । यो एउटा भ्रम मात्र हो । वास्तविकता त्यहाँ केही  हुन्न । हुन त धर्मले मानिसलाई एकतामा बाँध्ने, सही मार्गमा हिँड्न सिकाउने , दुखीलाई दया गर्नु ,असहायलाई सेवा गर्नु , झुठो नबोल्नु ,पाप नगर्नु ,दुष्ट  व्यवहार  नगर्नु ,ठूलालाई सम्मान गर्नु र  सानालाई माया गर्नु , भलाईको काम गर्नु पर्छ  भनिए ता पनि  धर्म एउटा विश्वास मात्र हो । आस्था मात्र हो । यो त गरिबी,, अशिक्षा र अज्ञानताको जगमा उभिएको हुन्छ  जबसम्म मानिसहरूमा चेतना , ज्ञान , बुद्धि आउदैन तब सम्म यसलाई विश्वास गर्ने र यसैको पछि लागिरहन्छन भन्ने हो । 

यस्ता वन्धबिस्वस्को पछि लाग्नु  भनेको  समय बर्वाद गर्नु मात्र हो । यसमा कुनै  सत्यता छैन । धर्म एउटा अफिम जस्तै हुन्छ  जुन मानिसले लिन थाले पछि  उ बेहोस जस्तै हुन्छ  वा उसलाई  बनाई दिन्छ  जसले गर्दा उसले राम्रो वा नराम्रो बुझ्न वा छुट्याउन सक्दैन र उसले  जे पनि गरिदिन्छ । त्यतिमात्र नभई धारले सहिष्णुता होइन साम्प्रदायिकता फैलाउँछ । ,शान्ति होइन द्वन्द निम्त्याउँछ । धर्महरू को नाममा लुट र आतंक मच्चाउने हुन्छ । धर्मको कारणले  गर्दा उत्पन्न  हत्या हिंसा जस्ता गतिविधिले  गर्दा संसारमा लाखौं करोडौं मानिसले ज्यान गुमाउनु  परेको तथ्य विगतबाट सिक्न सकिन्छ । विश्वयुद्ध जस्ता ठूला ठूला घटना धर्मकै कारणले भएका थिए । हिटलर जस्ता शासकले यहूदिहरूको जन्म संसार कब्जा गर्न भएको अभिव्यक्तिले विश्व युद्ध निम्त्यायो ।

त्यतिमात्र होइन , धार्मिक अतिवादले समाजमा विखण्डन निम्त्याउँछ । सदभाव कायम हुन दिँदैन । धार्मिक विभेद सृजना हुन्छ । धर्मको नाममा ज्यादती बढ्न थाल्छ। धर्म अनुसार समाजमा  मनाइने चाड पर्वहरू धार्मिक र संस्कृति उत्सवहरु हुन । यस्ता पर्वहरूमा  देवी देवतालाई खुसी पार्न अरुको ज्यान लिने  पशु बलि दिने संस्कृति पक्कै  पनि राम्रो होइन।  समाजमा चल्दै आएको संस्कृति,परम्परा , रिती रिवाज सबै खत्तम हो भन्ने होइन त्यस भित्र रहेका गलत ,खराब र विकृति जन्य कुरा वा अभ्यास लाई  हटाउनु पर्छ भन्ने हो । त्यसो भएमात्र समाज विकृतिबाट मुक्त हुन सक्छ ।

आजको युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ । अर्थात् यो भौतिक विज्ञानको युग हो ।  भौतिक समाजको युग हो । भौतिक रूपले सुसम्पन्न र विकास भएको समाजलाई मात्र भौतिक समाज भन्न मिल्दैन । मानसिक र आत्मिक रूपले पनि सम्मपन भएको समाज वास्तविक भौतिकवादी हो । भौतिक समाज एउटा यस्तो समाज हो 

जसलाई  कुनै राजनीतिक सङ्गठन भन्न मिल्दैन । न त यो कुनै भातृ सङ्गठन नै हो ।  न त कुनै जातीय मोर्चा नै हो । यो केवल  विज्ञान लाई मान्ने समाज हो ।  यसले ईश्वरीय  शक्तिलाई मान्दैन ।  संसार चलाउन कुनै इश्वर आबस्यक छैन । प्रकृतिको नियम अनुसार चल्छ ।  यो भौतिक विचार राख्नेहरुको प्लेटफर्म हो ।  भौतिकवादी समाज भनेको भौतिक दृष्टिकोण राख्नेहरूको साझा मोर्चा हो ।  

आदर्शवाद भन्दा भौतिकवादी जीवन राम्रो हो । भौतिकवादले नै मानिसको जीवन सुखी र सम्पन्न बनाउन सक्दछ । यसको विकल्प अरु केही हुन सक्दैन । भौतिकवादी समाजले आर्थिक प्रणाली, सामाजिक प्रणाली ,सांस्कृतिक प्रणाली सम्पूर्ण  जीवन र जगतलाई हेर्ने अलग  दृष्टिकोण  राख्दछ।

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभा ...

असार १३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १३ गते । शनिबार । इस ...

गोलबजार नगरपालिका पूर्ण खोप घोषणा

गोलबजार । "स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, ...

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो

चितवन । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब