यमाल ६-० एमबाप्पे, फ्रान्स र एमबाप्पेको यात्रा सकियो

  • असार ३१, २०८३ | १२७ पटक पढिएको | सीमा संदेश
alt

लामिन यमाल ६-० किलियन एमबाप्पे । यो टिमको स्कोर होइन । तर दुई खेलाडीबीचको प्रतिस्पर्धाको स्कोर हो ।

किलियन एमबाप्पेले लामिन यमाललाई नकआउट चरणमा हराउनका लागि अझै पर्खनुपर्ने भएको छ ।

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा लामिन यमाल प्रेरित स्पेनले साविक उपविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल पुगेपछि यमाल विरुद्ध एमबाप्पे नकआउट चरणमा जितविहिन छन् ।

विश्वकप फुटबलका राइजिङ स्टार यमाल र स्टार बनिसकेका एमबाप्पेबीचको भिडन्तमा कसले बाजी मार्ला भनेर धेरेको चासो थियो ।

तर अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनले फ्रान्सलाई सहजै हरायो ।

सेमिफाइनलसम्म आइपुग्दा उपाधिको सबैभन्दा बलियो दाबेदार देखिएको फ्रान्स स्पेन सामु भने निरिह जस्तै देखियो ।

यस खेलमा एमबाप्पेको जादु पनि चलेन । फ्रान्सको अट्याक लाइनले पनि खासै केही गर्न सकेन।

अर्कोतर्फ यमालकै कारण स्पेनले पेनाल्टी पायो र पहिलो गोल गर्‍यो । मिकेल ओजाबायलले पहिलो हाफमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

पेड्रो पोरोले दोस्रो हाफमा स्पेनको लागि दोस्रो गोल गरे ।

सेमिफाइनल अघि नै यमालले फ्रान्स विरुद्ध आफुहरु नडराउने र फ्रान् ने स्पेनसँग डराउनुपर्ने प्रतिक्रिया दिएका थिए । खेल पछि यमालकै भनाई जस्तै भयो नतिजा ।

यस खेलमा यमाल र एमबाप्पेबीचको प्रतिस्पर्धा हेर्न धेरै समर्थन उत्साहित थिए । खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो ।

तर अपेक्षा अनुसारको खेल हुन सकेन भने फ्रान्सका कप्तान तथा स्टार एमबाप्पे पनि छायामा परे।

यमालले फाइनल सम्म आइपुग्दा एमबाप्पे जस्तो गोल मेसिन बनेका छैनन् । तर महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन् ।

एमबाप्पेले भने फ्रान्सलाई सेमिफाइनलसम्म पुर्‍याउँदा ८ गोल र ३ असिस्ट गर्दै सर्वाधिक गोलकर्तामा अघि थिए ।

उपाधि देखि सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बन्ने लक्ष्यमा रहेका एमबाप्पेला२ यो हारले धक्का लागेको छ ।

सर्वाधिक गोलकर्तमा अब एमबाप्पेलाई लियोनल मेसी र अन्य खेलाडीले पछि पार्न सक्छन् । मेसीले ८ गोल र १ असिस्ट गरेका छन् ।

इंग्ल्यान्डका जुड बेलिङघम र कप्तान ह्यारी केनले समान ६ गोल गरेका छन् । फाइनल पुगेको स्पेनका मिकेल ओजाबायलले पनि ५ गोल गरिसकेका छन् ।

एमबाप्पेले सन् २०१८ मा पहिलो सहभागितामै फिफा विश्वकपको उपाधि जितेका थिए भने २०२२ को विश्वकपमा फ्रान्स फाइनल पुग्दा सर्वाधिक ८ गोल गरेर गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।

यमाल विरुद्ध ६ खेल सम्म जितविहिन एमबाप्पे

राष्ट्रिय टिम देखि फिफा विश्वकपसम्म विभिन्न कीर्तिमान बनाइसकेका एमबाप्पे यमानल विरुद्ध भने छैटौं प्रयासमा पनि सफल हुन सकेन ।

राष्ट्रिय टिम र क्लब लेभमा गरी नकआउट चरणमा भएका ६ खेलमा यमालले एमबाप्पेलाई पछि पारेका छन् ।

युरोपियन महादेशमा हुने राष्ट्रिय टिमको प्रतियोगिता देखि क्लब लेभलमा हुने प्रतियोगिताको नकआउट चरणमा यमालले एमबाप्पेलाई हराउँदै आएका छन् ।

सन् २०२४ को युरोकप सेमिफाइनलमा यमाल सम्मिलित स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जहाँ स्पेन च्याम्पियन नै बन्यो । यस्तै सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई सेमिफाइनलमा पराजित गरेको थियो ।

२०२४ को युरो सेमिफाइनलमा सेपेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो भने २०२५ को नेसन्स कप सेमिफाइनलमा रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।

यस्तै क्लब लेभमा यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को सुपर कप फाइनल र कोपा डेल रे फाइनल अनी २०२६ को सुपरकोप फाइनलमा पराजित गरेको थियो ।

२०२५ को सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५-२ ले पराजित गरेको थियो भने कोपा डेल रे २०२५ को फाइनल र २०२६ को सुपरकप फाइनलमा बार्सिलोनाले रियललाई समान ३-२ को अन्तरले पराजित गरेको थियो ।

जारी विश्वकपमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेपछि यमाल एमबाप्पे माथि अझै हावी बनिरहेका छन् ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब