सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

  • साउन १४, २०८३ | १७१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै सिरहामा सर्वपक्षीय बैठक बसेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहामा बुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भावमा जोड दिँदै सातबुँदे निर्णय गरेको छ ।

बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ, भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, धार्मिक स्थलमा प्रयोग हुने डीजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्य र विद्यार्थीको पठनपाठनमा असर पर्ने निष्कर्ष निकाल्दै नियमविपरीतका डीजे तथा चर्को बाजा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ ।

यस्तै, जिल्लाभित्र हुने आन्दोलन तथा विरोधका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने, सामाजिक सद्भाव कायम राख्न स्थायी संयन्त्र निर्माण गरी आवश्यकताअनुसार बैठक, निर्णय र सूचना प्रवाह गर्ने निर्णय पनि गरिएका छन् ।

यस्तै, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, द्वेषपूर्ण सामग्री प्रसारण गर्ने तथा राजनीतिक वा अन्य घटनालाई उचालेर सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि निगरानी बढाइ आवश्यक कानुनी कारबाही गर्ने निर्णय भएको छ ।

बैठकले जिल्लाका सबै स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब