‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वपा

  • साउन १४, २०८३ | ४८ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ ।

रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले आज सामाजिक सञ्जालमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण र सुशासनको आधार निर्माण गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई तल्लो तहसम्म इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा पार्टीले लिएको छ ।

यही उद्देश्यलाई कार्यान्वयन गर्न उम्मेदवार छनोटको पहिलो चरणस्वरूप ‘क्यान्डिडेट क्लब’ मा आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन् ।

महामन्त्री आचार्यले परम्परागत राजनीतिक दलहरूले अपनाउँदै आएको अपारदर्शी उम्मेदवार छनोट प्रणालीलाई परिवर्तन गर्दै रास्वपाले थप लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक तथा आधुनिक प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले उम्मेदवार छनोटको प्रारम्भिक रूपरेखा तयार भइसकेको जनाउँदै त्यसलाई अझ प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन पार्टीभित्र व्यापक छलफल चलिरहेको जानकारी दिएका छन् ।

हाल पार्टीका विभिन्न संरचना, नेता–कार्यकर्ता तथा आम सदस्यहरूबाट सुझाव सङ्कलन गर्ने काम भइरहेको उनले बताएका छन् । आचार्यका अनुसार उम्मेदवार छनोटको मापदण्ड, मूल्याङ्कन प्रणाली तथा प्रक्रियालाई अन्तिम रूप दिनुअघि प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिनेछ । यसले उम्मेदवार छनोटलाई निष्पक्ष, विश्वसनीय र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

उनले पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी दस्तावेज गम्भीरतापूर्वक अध्ययन गरी रचनात्मक सुझाव दिन सबै सदस्य, शुभेच्छुक तथा सरोकारवालासँग आग्रह गरेका छन् । व्यापक सहभागिता र सुझावका आधारमा तयार हुने प्रणालीले स्थानीय तहका लागि योग्य नेतृत्व चयन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

साउन १४ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १४ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब