सिरहा रेडक्रस शाखासहित ६२ शाखालाई २१ दिनभित्र बक्यौता रकम बुझाउन केन्द्रीय कार्यालयको निर्देशन

  • साउन २०, २०८३ | २७६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखाहरूलाई पत्र काट्दै लामो समयदेखिको बक्यौता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ । महामन्त्री ऋषिरमण खनालले पत्र लेखेर २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाण पठाउन भनेका छन् ।

विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषद्को सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख गरेको छ । ती जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत फरक(फरक शीर्षकमा गरी २५ वर्षदेखिको झण्डै २ करोड बक्यौता रहेको बताइएको छ ।

दिइएको समयसीमामा रकम जम्मा नगरे प्रचलित ऐन कानुन र संस्थाको विधान अनुसार थप कारबाही अघि बढाइने महामन्त्री खनालले बताए ।

लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरुजुका विषयमा प्रश्न उठ्दै आएको सन्दर्भमा नयाँ नेतृत्वले चालेको यो कदमले केन्द्र र जिल्ला शाखाहरूबीचको आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने विश्वास गरिएको रेडक्रस केन्द्रीय कार्यालयका एक अधिकारीले बताए ।
 
बक्यौताका लागि ताकेता गरिएका जिल्ला

१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. झापा
५. संखुवासभा
६. तेह्रथुम
७. धनकुटा
८. मोरङ
९. सुनसरी
१०. भोजपुर
११. सोलुखुम्बु
१२. खोटाङ
१३. उदयपुर
१४. सिराहा
१५. सप्तरी
१६. दोलखा
१७. सिन्धुली
१८. सर्लाही
१९. महोत्तरी
२०. धनुषा
२१. रसुवा
२२. धादिङ
२३. नुवाकोट
२४. काभ्रेपलाञ्चोक
२५. काठमाडौँ
२६. ललितपुर
२७. भक्तपुर
२८. मकवानपुर
२९. बारा
३०. पर्सा
३१. रौतहट
३२. अर्घाखाँची
३३. गुल्मी
३४. नवलपरासी (पश्चिम)
३५. रुपन्देही
३६. कपिलवस्तु
३७. गोरखा
३८. तनहुँ
३९. मनाङ
४०. पर्वत
४१. म्याग्दी
४२. मुस्ताङ
४३. बागलुङ
४४. जाजरकोट
४५. सुर्खेत
४६. बाँके
४७. बर्दिया
४८. रुकुम (पश्चिम)
४९. रोल्पा
५०. सल्यान
५१. प्युठान
५२. हुम्ला
५३. अछाम
५४. बझाङ
५५. बाजुरा
५६. कैलाली
५७. डोटी
५८. दार्चुला
५९. बैतडी
६०. डडेल्धुरा
६१. कञ्चनपुर
६२. नवलपरासी (पूर्व)

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब