गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस सरकारको घोषणा

  • साउन २३, २०८३ | ८४ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले गोलबजार आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुईकोठे भवन निर्माण गरिदिने बताउनुभएको छ।

मन्त्री सिंहले गणेश यादवका पिता रामवृक्ष यादवलाई आज औरही गाउँपालिका वडा नं. २ तुलसीपुर (तुलसियाही) स्थित आफ्नै निवासमा भेट गरी उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मधेस प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘विपन्नसँग मदन भण्डारी’ कार्यक्रम अन्तर्गत दुईकोठे भवन निर्माण गरिदिने मन्त्री सिंहले जानकारी दिनुभयो। “दुईकोठे भवनका लागि जग्गा उपलब्ध हुनासाथ घर निर्माणको कार्य तत्काल अघि बढ्नेछ”, उहाँले भन्नुभयो।

पीडित परिवारलाई भेट्न मन्त्री सिंहका साथमा भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामअयोध्या यादव लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

यसै गरी आजै नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव तथा नेपाली काङ्ग्रेस सिरहाका सभापति रामचन्द्र यादव गणेश यादवको घर पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।

सुनसरीको घटनालाई लिएर गत साउन १४ गते गोलबजारमा भएको आन्दोलनमा झडप हुँदा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। गोलबजार घटनाको निष्पक्ष अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको छ, जसले तथ्य प्रमाण सङ्कलन गरिसकेको छ। यसअघि गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई मृतकका पितासँग सातबुँदे लिखित सम्झौता गरेर उत्पन्न परिस्थितिलाई साम्य पार्नुभएको थियो।

रेखा थापाको 'माया भनेकै यस्तो होला'ले ल्यायो तीज ग

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समा ...

लहान नगरपालिकाले नयाँ बजारको घर टहरा भत्कायो

सिरहाको लहान नगरपालिकाले नयाँ बजारमा रहेका घर–टहर ...

बलात्कार मेडिकल रिपोर्ट मुद्दामा डा. सिंह र गोइतला

यौनजन्य अपराध बलात्कार सम्बन्धी घटनामा स्वास्थ्य परिक्ष ...

मधेशमा ३३१ बालिका बलात्कृत

मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब