सुखीपुर अस्पतालको हाजिरी प्रकरणमा सतर्कता केन्द्रले चासो बढायो

  • भदौ ६, २०८३ | १२९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण भएको छ।

केन्द्रले घटनाबारे छानबिन गरी आवश्यक कारबाही गर्न सुखीपुर नगरपालिकालाई पत्राचार गरेको जनाएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार घटनाबारे साउन महिनामै सुखीपुर नगरपालिकालाई पत्राचार गरी विषयमा विस्तृत रूपमा बुझ्न तथा आवश्यक राय-सुझावसहित जवाफ पठाउन भनिएको थियो।

नगरपालिकाबाट प्राप्त जवाफ अध्ययन गरेपछि केन्द्रले भदौ ३ गते आवश्यक कारबाहीका लागि पुनः नगरपालिकालाई पत्राचार गरेको जनाएको छ ।

केन्द्रका एक अधिकारीले पत्र हुलाकमार्फत पठाइएकाले नगरपालिकामा पुग्न केही समय लागेको हुन सक्ने बताए । उनका अनुसार साउनमै घटनाबारे नगरपालिकालाई बुझेर जवाफ पठाउन भनिएको थियो। नगरपालिकाबाट जवाफ प्राप्त भएपछि भदौ ३ गते आवश्यक कारबाहीका लागि पुनः पत्राचार गरिएको हो।

यता, सुखीपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख शिव दयाल यादवले पनि घटनाबारे साउनमै सतर्कता केन्द्रबाट राय–सुझाव माग गर्दै पत्र आएको र त्यसको जवाफ नगरपालिकाले पठाइसकेको बताए। तर, भदौ ३ गते सतर्कता केन्द्रले कारबाहीका लागि पठाएको पत्रबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ। उक्त पत्रबारे प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी हुन सक्ने उनले बताए।

सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह भने प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् । उनको मोबाइल स्वीच अफ रहेको छ।

साउन १२ गते आधारभूत अस्पतालको हाजिरी रजिस्टरमा डा. यादवले साउन २८ गतेसम्मको हाजिरी गरिसकेको तथ्य सार्वजनिक भएको थियो। साउन १२ गतेकै दिन साउन २८ गतेसम्मको हाजिरी गरिएको विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारपछि सतर्कता केन्द्रले कर्मचारीलाई कारबाही गर्न नगरपालिकालाई पत्राचार गरेको हो।

डा. यादवसँग प्रतिक्रिया लिंदा उनले यस्तो कार्य ‘कहिलेकाहीँ मिस्टेकले हुन सक्ने’ भन्दै सामान्य त्रुटि भएको दाबी गरेका थिए। साउन १२ गते नै २८ गतेसम्मको हाजिरी कसरी गरियो भन्ने प्रश्नमा उनले पुनः ‘कहिलेकाहीँ मिस्टेक हुन सक्छ’ भन्दै फोन काटेका थिए।

स्रोतका अनुसार डा. लुस्युनकुमार यादव सुखीपुर नगरपालिकाका नगर प्रमुख रामाऔतार यादबका छोरा हुन्। उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सकका रूपमा कार्यरत हुनुका साथै कार्यालय प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब