जबर्जस्ती करणी मुद्दामा गलत स्वास्थ्य प्रतिवेदन बनाएको अभियोग लागेका दुई चिकित्सकलाई सर्वाेच्च अदालतले पनि दोषी ठहर गरेको छ। भ्रष्टाचारसम्बन्धी कसुरमा डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई सर्वाेच्चले दोषी ठहर गरी तीन–तीन महिना कैद सजाय तोकेका हो ।
०७५ सालमा धनुषामा बलात्कारमा परेकी एक १२ वर्षीया बालिकको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत बनाएको र ११ दिनसम्म रोकेर राखेको विषयमा त्यसवेला नै मेडिकल काउन्सिलले उनीहरूलाई कारबाही गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा विशेष अदालतले उनीहरूलाई जनही ६ महिना कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो। त्यसविरुद्ध चिकित्सकद्वय सर्वाेच्च गएकोमा सर्वाेच्चले उनीहरूलाई दोाषी ठहर गरी सजाय भने घटाइदिएको छ। सर्वाेच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको इजसालले कैद घटाउँदै गत १८ असारमा दोषी ठहर गरेको हो । जुन फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved