अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

  • भदौ १६, २०८३ | १७७ पटक पढिएको | सीमा संदेश
alt

वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ ।

प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ समेत गरेको बताइएको छ । अस्पतालबाट आइतबार राति नवजात शिशु चोरी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । रातभर सञ्चालन गरिएको खोजी अभियानका क्रममा वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट शिशुसहित एक महिलालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा इनर्वा निवासी सबिना खातुन रहेकी छन् । उनको साथबाट फेला परेको नवजात शिशुलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी थिइन् । अस्पतालमै रहेकी शिशुकी हजुरआमासँग एक महिलाले ‘ बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन् । हजुरआमाले शिशु ती महिलालाई दिएपछि उनी बच्चासहित अस्पतालबाट बाहिरिएकी थिइन् । त्यसपछि परिवारले शिशु हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाएलगत्तै पर्सा प्रहरीले विभिन्न स्थानमा खोजी तथा निगरानी बढाएको थियो ।

प्रहरीको सक्रियतामा शिशु चोरी भएको करिब १६ घण्टामै फेला परेको हो । पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । घटनामा उनको संलग्नताको प्रकृति र शिशु चोरी गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब