जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न निगमको निर्देशन

  • भदौ १७, २०८३ | ८२ पटक पढिएको | सीमा संदेश
alt

आयल निगमले तराईका ग्यास उद्योगमा आफ्नो मात्र नभई जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भर्न निर्देशन जारी गरेको छ । निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले विभिन्न उद्योगलाई पत्राचार गर्दै कृष्णभिरमा आएको पहिरो रोकथाम भई पृथ्वीराजमार्ग सञ्चालनमा नआउन्जेलसम्म अन्य ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्न निर्देशन दिएका हुन् ।

उनले हेटौँडाको सहारा ग्यास उद्योगमा एभरेस्ट र सुगम ब्रान्डको सिलिन्डरमा ग्यास भर्न निर्देशन जारी गरेको पत्रमा भनिएको छ, ‘त्यहाँ उद्योगको नाममा लोड भई आउने ग्यास बुलेटहरू सहारा ग्यास उद्योगमा खाली गरी–गराई सिलिन्डर रिफिल गरी कृष्णभिरको बाटो नखुलेसम्म ट्रकहरूमा एलपी ग्यास सिलिन्डर राखी वैकल्पिक बाटोहरूबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गरी बिक्री–वितरणको व्यवस्था मिलाउन हुन अनुरोध छ ।’

निगमको उक्त पत्रपछि सहारा ग्यास उद्योगमा काठमाडौंका लागि एभरेस्ट र सुगम ग्यास भरेर सोमबार नै ल्याइएको थियो । उक्त ग्यास कान्ति लोकपथमा आएको पहिरोका कारण मंगलबार दिउँसो दुई बजे मात्रै काठमाडौं आएको थियो ।

आयल निगमको निर्देशनपछि नेपाल ग्यासले चितवन र धनुषामा रहेको आफ्नै प्लान्टमा ग्यास भर्न थालेको छ । सगर ग्यासले पनि नवलपरासीमा रहेको चण्डेश्वरी प्लान्टमा ग्यास भर्न थालेको छ । यसरी अन्य ब्रान्डका सिलिन्डरमा ग्यास भरेर ल्याउँदा सुरक्षा र बढ्दो लागतको दायित्व पनि सम्बन्धित उद्योगलाई नै व्यहोर्न निर्देशन जारी भएको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब