असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल
- असोज ७, २०८३ | ४५ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी, बेलुकी ९ बजेर १२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–श्रवण, बिहान ८ बजेर ४८ उप्रान्त धनिष्ठा । योग–सुकर्मा, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त धृति । करण–बव, बिहान ८ बजेर ३८ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर १२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर, बेलुकी ९ बजेर ४० मिनेट उप्रान्त कुम्भ ।
दिन विशेष : इन्द्रध्वज उत्थान । मत बिये । वामन जयन्ती । वामन द्वादशी । दहीदान ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान ३० घडी १३ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर ५४ मिनेटदेखि बिहान ७ बजेर २३ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर २४ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५५ मिनेटसम्म रोग बेला ।
- बिहान ११ बजेर ५६ मिनेटदेखि दिउँसो १ बजेर २६ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर २७ मिनेटदेखि दिउँसो २ बजेर ५७ मिनेटसम्म चर बेला ।
- दिउँसो २ बजेर ५८ मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर २८ मिनेटदेखि बेलुकी ७ बजेर २७ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ५५ मिनेटदेखि दिउँसो १ बजेर २५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १७ मिनेटदेखि बिहान ५ बजेर ५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, उद्योग तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला । तर पनि व्यापार वा शेयर बजारमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ । आफ्नो काममा भन्दा पनि अरूकै काममा समय व्यातित हुनेछ । महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ । यात्रा गर्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा इष्टमित्रसँग मतभेद रहने तथा कुरा सैद्धान्तिक राय बाझिनेछ । तर पनि राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ । व्यापार तथा शेयर बजारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शेयर बजार तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक स्रोतसाधन लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
- कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । तर पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । वित्तीय बजारमा गरेको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा शेयर बजारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । अध्ययन वा काममा प्रविधिको अधिकतम प्रयोग गरी लाभ लिन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।