भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

  • असोज ७, २०८३ | ३६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सुरक्षा गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका १३ लाख रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ।

सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरीका छुट्टाछुट्टै टोलीले सोमबार जिल्लाका विभिन्न सीमावर्ती स्थानबाट १३ लाख ३५ हजार २५१ रुपैयाँबराबरका भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका तथा भारततर्फ चोरी निकासी गर्न खोजिएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।

उनका अनुसार बिआर ३२ ओ ११३५ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरिएको अवस्थामा लत्ताकपडा, किराना सामान, सुर्ती, कस्मेटिक सामान, जुत्ता, खेलौना, पेयपदार्थ तथा मदिरा बरामद गरिएको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।

दुई महिनामा एक करोड १५ लाखभन्दा बढीको सामान बरामद

पछिल्लो समय सशस्त्र प्रहरीले सीमानाकाबाट हुने अवैध निकासी तथा चोरी पैठारीविरुद्ध कडाइका साथ निगरानी र गस्ती गरिरहेको जनाएको छ। सीमा क्षेत्रमा कडाइका साथ गस्ती बढाएपछि भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद हुने क्रम बढेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट गस्तीका क्रममा गत साउन र भदौमा गरी एक करोड १५ लाख २१ हजार ५२ रुपैयाँबराबरका अवैध सामान तथा मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।

गत २३ साउनमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामान, किराना सामान तथा विभिन्न ब्रान्डका मदिरासहित ४५ लाख ७४ हजार ५९ रुपैयाँबराबरको अवैध सामान बरामद गरी भन्सारमा दाखिला गरिएको थियो।

त्यस्तै, भदौमा ६९ लाख ४६ हजार ९९३ रुपैयाँबराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सिरहामा १३ लाख बढीको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब