परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

  • असोज १६, २०८३ | २१८ पटक पढिएको | सीमा संदेश
alt

परीक्षामा पास गराइदिन्छु भन्दै १३ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। झापाको गौरादह नगरपालिका– ४ स्थायी घर भई रामेछापको सुनापती गाउँपालिका–५ बस्ने ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

भण्डारीले आफैँले पढाउने विद्यालयकी नाबालिका छात्रालाई परीक्षामा पास गराइदिन्छु भनी ललाइफकाई गर्दै संवेदनशील अंगहरूमा छुने, चिमेट्ने, सामाजिक सञ्जालमा अश्लील फोटो, भिडियो तथा म्यासेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक-पटक बालयौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बुधबार पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी प्रहरीले थप कारबाही अघि बढाएको छ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब