संघर्ष गर्ने अध्यक्ष यादवको चेतावनी

  • असोज १८, २०८३ | १४७ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएकाले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि, अधिकार र पहिचानका लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए । नेपालमा अझै पनि मधेसी उत्पीडनमा रहेको धारणा राखे । अब आफ्नो अधिकारका लागि सबै मिलेर सङ्घर्ष गर्नुपर्ने बताउँदै उनले जनमत पार्टी र जसपा नेपालको धेरै कुरामा समानता रहेको धारणा राखे । यति समानता रहँदा पनि एक साथ किन नरहेको भन्दै उनले अब एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामी आफ्नो अधिकार र पहिचानका लागि लड्छौँ, त्यसका लागि अग्रगामी मोर्चा गठन गरेको छौँ र एक साथ अगाडि बढ्ने प्रयास भइरहेको छ ।’ मधेस आठ जिल्लामा मात्र सीमित नरहेको भन्दै उनले मेचीदेखि महाकालीसम्मको भूभाग मधेस रहेको बताए । ‘सरकार र तत्कालीन मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौतामा एक मधेस एक स्वायत्त प्रदेशको सम्झौता भयो ।

संविधानका लेखनदासहरूले मधेसीको हत्या गरेर संविधान लेखेका हुन्’ उनले भने, ‘जबरजस्ती मधेसलाई आठ जिल्लामा कायम गरिएको छ ।’ प्रदेशमा आफ्नो शासन प्रशासन नभएसम्म अधिकार प्राप्त नहुने भन्दै उनले सङ्घमा समान अधिकार पाउनुपर्ने बताए ।

उनले त्यसका लागि मधेसी एकता गरी सङ्घर्षमा जानुपर्ने धारणा समेत राखे । जबसम्म यो विभेद र असमानता रहन्छ तबसम्म अधिकार प्राप्तिको अनुभूति प्राप्त नहुने बताउँदै उनले राष्ट्रियसभामा मधेसको जनसङ्ख्याको आधारमा सहभागिता नदिएको गुनासो गरे ।

आधा जनसङ्ख्या रहेको मधेसको प्रतिनिधित्व राष्ट्रियसभामा १० प्रतिशत मात्र रहेको उनको भनाइ छ । सात प्रदेशको संरचना परिवर्तन गर्नुपर्ने बताउँदै उनले संरचना परिवर्तन भए मात्र संघीयता बलियो हुने दाबी गरे ।

आपराधिक लाभ तथा बाल यौन दुरुपयोगको कसुरमा चारजना प

धनुषा प्रहरीले आपराधिक लाभ तथा बाल यौन दुरुपयोगसम्बन्धी ...

४५ मिनेटको सहमति, १२ मिनेटमै छाडेको आरोप : अञ्जलीस

सोसल मिडिया इन्फ्लुएन्सर तथा अभिनेत्री अञ्जली अरोरालाई ...

आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्

बंगालको खाडीमा न्यून चापीय क्षेत्र  विकसित भएको छ। ...

कार्तिक ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक ७ गते । शनिबार । ईश्वी सन् २०२६ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब