गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिसे कटुवा पेस्तोल

  • कार्तिक १, २०८३ | १७७ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीमा शनिबार गाँजाका बोट फँडानी गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बोट लगाइएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खेतबारीमा पुगेर खानतलासी गरेको थियो ।

सो क्रममा प्रहरीले करिब ६ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजाका बोट फँडानी गरेको छ । गाँजा फँडानी गर्ने क्रममा खेतको बीच भागमा पुराना दुईवटा काठका गोलियाबीच लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको हो ।

प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार पेस्तोलमा नम्बर नभएको र गोलीसमेत नभएको अवस्थामा फेला परेको थियो ।

बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब