कार्तिक ४ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक ५, २०८३ | ७६ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक ४ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–दशमी, बिहान १० बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–धनिष्ठा, बेलुकी ५ बजेर ५३ मिनेट उप्रान्त शतभिषा । योग–गंड, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त वृद्धि । करण–गर, बिहान १० बजेर ५१ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । दशैको टिका ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २७ मिनेट । दिनमान २८ घडी २० पला।

आजको बार बेला ।

  • बिहान ६ बजेर ८ मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ८ मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
  • बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म रोग बेला ।
  • बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो १ बजेर १४ मिनेटदेखि दिउसो २ बजेर ३८ मिनेटसम्म चर बेला ।
  • दिउसो २ बजेर ३९ मिनेटदेखि बेलुकी ४ बजेर ३ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ४ मिनेटदेखि बेलुकी ६ बजेर ३ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ११ बजेर ४७ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३२ मिनेटदेखि बिहान ५ बजेर २० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतीत हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडीहरू चढ्न सकिनेछ । पारिवारिक माहौलमा समय व्यतीत हुनेछ भने आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ ।  अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । अध्ययन वा काममा प्रविधिको उच्चतम प्रयोग गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक माहाेलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत् हात लागि हुने योग रहेको छ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको समर्थन पाउनेछन् । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । आफन्त तथा अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न  सकिनेछ । मनोरञ्जन तथा खानपानमा केही समय व्यतीत हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको यात्राका तय गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । पारिवारिक मोहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा सहयोगीको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कार्तिक ५ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार ...

सामुदायिक माविको पहिलो प्रधानाध्यापक बनिन् कविता ठ

जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको द ...

फेसबुकमा हतियार देखाउने उमर फारूक प्रहरी नियन्त्रण

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँ ...

झारफुकका नाममा असुली, जनप्रतिनिधि र प्रशासन किन मौ

एक्काइसौँ शताब्दीको आधुनिक युगमा विज्ञान र प्रविधिले सं ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब