जानकी नवमीमा जनकपुर सुनसान "घरमै कोरोना अन्त्यको कामना गर्न मुख्यमन्त्रीको आग्रह"

  • वैशाख २१, २०७७ | १,०७३ पटक पढिएको |

जनकपुरधाम/ आज जानकी नवमी अर्थात् माता जानकीको जन्म दिन । तर माता जानकीको माइत जनकपुरधाम सुनसान छ । लकडाउनका कारण यहाँ कुनै किसिमको चहलपहल छैन् ।

गत वर्षहरुमा चार दिनअघि देखि नै जानकी नवमीको चहलपहल देखिने गरेकोमा यस पटक सुनसान छ । जानकी नवमीका दिन जानकी मन्दिरमा हुने जन्म आरतीमा हजारौंको सहभागिता हुने गरेपनि यस पटक महन्थ र पूजारी मात्रै सहभागी हुने भएका छन् ।

मन्दिरका महन्थ रामरोशन दासले जानकी नवमीका दिन बिहान जन्म अभिषेक, मध्यान्ह १२ बजे जन्म आरती, त्यस लगत्तै भजन, कलशमा दीप प्रज्जवलन गर्दै विशेष पूजापाठ गर्ने गरिएको बताए । यी विधिहरुमा अन्य वर्ष हजारौंको सहभागिता हुने गरिएपनि यस पटक मन्दिरका पुजारी मात्रै यो विधिमा सहभागी हुने उनले बताए । उनले यस पटक घरमै जानकीको पूजापाठ गर्न सम्पूर्ण श्रद्वालुसँग आग्रह गरेको बताए ।

गत वर्ष मात्रै जानकी नवमी धुमधामका साथ मनाइएको थियो । १५ दिने महोत्सवकै आयोजना गरी मनाइएको गत बर्षको जानकी नवमीमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी थिइन् ।

माता जानकीको जन्म वैशाख शुक्ल पक्षको नवमी तिथिका दिन मध्यान्हमा भएको मानिदैं आएको छ ।

घरमै कोरोना अन्त्यको कामना गर्न आग्रह
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना दिएका छन् । उनले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

जानकी नवमी धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश २ को गरीमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भएपनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगतको जसरी भव्यता दिन सक्ने अवस्था नभएको सर्वविदितै छ’ मुख्यमन्त्री राउतले आफ्नो सन्देशमा भनेका छन्, ‘यस बिषम परिस्थितिमा माता जानकीको पूजा आ–आफ्नै घरबाट गर्दै कोरोना महामारी अन्त्यको कामना गर्न समेत आह्वान गर्दछौं ।’

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब