१ करोड ९ लाख अवैध भारतीय रुपैयाँसहित दुई जना नेपालमा पक्राउ "२०७७ बैशाख २३ गते"

  • वैशाख २३, २०७७ | २८३ पटक पढिएको |

मोरङको विराटनगरमा रहेको रानी नाकाबाट प्रहरीले १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । खाली ट्रकमा भारतबाट नेपाल तर्फ आएको अवस्थामा त्यति रकम बरामद गरिएको हो ।

विराटनगरमा एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीय नगरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्कीले जानकारी दिनुभयो । भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली गाडी जाँच गर्ने क्रममा बोराभित्र राखेको अवस्थामा रकम बरामद भएको प्रहरीले जनाएको छ ।

खाली गाडीमा गुट्खाको खोलले बेरेर लुकाएर ल्याइएको अवस्थामा रकम फेला परेको थियो । सशस्त्र प्रहरीले पक्राउ परेका दुई जनामा गाडीका चालक दार्जिलिङका २४ वर्षीय रवीन्द्र शर्मा र भारतकै महजपुर जिल्लाका १८ वर्षीय पप्पु कुमार रहेका छन् ।

नेपाल प्रवेश गराइएको रकमको बारेमा केही नखुलेको प्रहरीले जनाएको छ ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब