असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

  • असोज ११, २०८३ | ३५ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–उत्तरभाद्रपदा, मध्यान्ह १२ बजेर २१ मिनेट उप्रान्त रेवती ।

योग–वृद्धि, दिउसो १ बजेर २९ मिनेट उप्रान्त ध्रुव । करण–बालव, बिहान ९ बजेर ४४ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५३ मिनेट । दिनमान २९ घडी ५७ पला ।

दिन विशेष : पञ्चक, सोह्र श्राद्ध आरम्भ, प्रतिपदा श्राद्ध, पुंचली भुजा, विश्व पर्यटन दिवस  ।

आजको बार बेला 
बिहान ५ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर ५६ मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५४ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखि दिउसो १ बजेर २४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २५ मिनेटदेखि दिउसो २ बजेर ५४ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ४ बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखि बेलुकी ७ बजेर २३ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर २३ मिनेटदेखि बेलुकी ५ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर १९ मिनेटदेखि बिहान ५ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । काम गर्दा सावधानी अपनाउनुहोला, खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । र, पनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा माङ्गलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागी चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । परिवारका साथ रमाइलो यात्राको तय हुने तथा खानपान र मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) चली आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । सन्तान तथा आफन्तसँग यात्रा गरी मनोरञ्जन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । परिवार तथा आफन्तसँग रमाइलो गर्दै स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस गाजर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययन र कामबाट विश्राम पाइने तथा परिवारका साथ यात्रामा निस्कन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब