पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

  • असोज ११, २०८३ | १८ पटक पढिएको | सीमा संदेश
alt

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ।

जबराविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। मन्त्रिपरिषद् सदस्यको भागबण्डालगायत विषयमा विवादमा परेपछि उनीविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए।

२०७८ फागुनमा उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। उनी राणा परिवारका सदस्य हुन्। २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका जबरा पछि प्रधानन्यायाधीश बनेका थिए।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब