धराने संगितकर्मीले बनाए कोरोना सम्बन्धी चेतनामुलक म्युजिक भिडियो

  • वैशाख २३, २०७७ | ३६१ पटक पढिएको |

धरान : अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ ।कोरोना महामारीबाट  बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ ।

अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ  । यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट  बच्न घरमै बसौं भन्दै एउटा  सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।

संगीतकर्मीहरु रोहित मास्के , हेम सुब्बा , सन्जिब लामा र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटनै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन्  ।

उक्त "हामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं  " बोलको गीत को रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा र मनोज मोतेले स्वर दिएका छन्   । त्यसतै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् ।

बन्द छ नभनी देउ , जित्नु छ यो लडाईं  हामीले मिलेर

लड्नु छ हामी एक भई जित्नु छ हामी बन्दी  भई  यहाँ

जोगिनु छ सबैले

हामी बाँचौ , यो देश बचाऔं , संसारलाई बचाऔं

Save your life ,save the people

Save the nature & Save the world

अहिलेको यो महामारी देखेर हामी सबै मिलेर यो महामारीबाट बच्न घरमै बस्न अनुरोध सहितको यो गीत तयार गरेको गायक रोहित मास्केले बताए । घरमै बसेपनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट  नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको गायक सन्जिब लामाले बताए । -कपुरी न्यूजबाट

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब