सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • साउन १२, २०८३ | ४८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । हिन्दु सम्राट्को नेतृत्वमा उपस्थित भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । 

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् ।

siraha-rajmarga_jIdjO17KkW

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा र साँझ करिब ६ बजे गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा पनि विरोध प्रदर्शन भएको थियो ।

जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा घन्टा सडक अवरुद्ध गराएका थिए । प्रदर्शनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ कै २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही विषयलाई लिएर सुनसरीलगायत विभिन्न ठाउँमा प्रदर्शन भएको हो ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब