चाडै काममा फर्किने कियाराको आशा

  • वैशाख २४, २०७७ | ९८१ पटक पढिएको |
alt

बलिउड नायिका कियारा आडवाणीको दिन फिरेका थिए । चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो ।

कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए । उनी चलचित्र ‘भूलभूलैया’को छायांकनमा व्यस्त भइरहँदा लकडाउन सुरु भएको थियो ।

यतिबेला अन्य बलिउड कलाकार जस्तै उनी पनि लकडाउनका कारण घरमै छिन् । तर, कियारा चाडै नै काममा फर्किन चाहन्छिन् ।

भारतीय मिडियासँगको कुराकानीमा कियाराले भनेकी छिन्–‘मलाई थाहा छ, अवस्था मैले सोचे जस्तो छैन । तर, म हरेक दिन बिहान भगवानसँग यही प्रार्थना गर्छु कि, यो समय चाडै नै ठिक होस र काममा फर्किन सकियोस् ।’

कियाराले अगाडि भनिन्– ‘म लकडाउन अगाडि काममा यति धेरै व्यस्त भएँ कि मैले मेरा सफल चलचित्रको खुशी पनि राम्रोसँग साट्न पाएको थिइनँ । अहिलेेे त्यसको लागि पनि समय मिलेको छ ।’

कियाराको ‘भूलभूलैया २, लक्ष्मी बाम्ब, शेरशाह’ लगायतका चलचित्र रिलिजको तयारीमा छन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब