भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ बाट कोरोना भाईरसको नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने कृषि उत्पादनमा लागेका किसानहरुका लागि राहत तथा अनुदान दिने तयारी सुरु गरेको छ ।
नेपालमा कोभिड-१९ भाइरस संक्रमणको महामारीको कारण विशेष परिस्थिति सृजना भई मुलुक लकडाउनको अवस्थामा पुगेको हुँदा समग्र कृषि क्षेत्र गम्भिर रुपले प्रभावित भएको र कृषि क्षेत्रलाई संरक्षण गर्दै कृषकहरुलाई कृषि क्षेत्रमा स्थापित गरिरहन राहत तथा व्यवसाय पुनस्स्थापना कार्यक्रम सञ्चालन गरेको हो ।
लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रवाह निर्देशिका-२०७६ू जारि भएको सन्दर्भमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिरहाकोबाट राहत अनुदान प्राप्त गर्न सकिने र यसका लागि कृषकरव्यवसायिक फार्मले आवश्यक प्रक्रियागत कागजात पुर्याई निवेदन दिनु पर्ने भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिरहा सप्तरी प्रमुख संतोष कुमार सिँहले बताउनु भयो ।
कृषि क्षेत्रका राहत वितरणका लागि जिल्ला समन्वय समिति सिरहाको प्रमुख राचन्द्र ठाकुरको प्रमुख संयोजकमा सात सदस्य एक समिति गठन गरिएको छ । राहत वितरण तथा लिन आवश्यक कागजात सहित पेश गर्नु पर्ने सम्पूर्ण जानकारी जिल्लका सबै स्थानियतहका सरकारलाई परिपत्र गरि जानकारी गराउने सिंहले बताउनु भयो ।
यस जिल्लालाई प्राप्त निर्देशिका अनुसार लकडाउनका कारण कृषि क्षेत्रमा पारेको प्रतिकूल प्रभावबाट कृषकहरुलाई संरक्षण गर्न राहत, व्यवसाय पुनःस्थापनाका लागि अनुदान, व्याज अनुदान कार्यक्रम र ढूवानी अनुदान कार्यक्रम सञ्चालनको लागि प्राप्त बजेट रु। ३ करोड ७५ लाखको सहितको संशोधित स्वीकृत कार्यक्रमर बजेट प्राप्त भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved