तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० लाखभन्दा बढीको मुद्दा

  • कार्तिक १२, २०८३ | १४२ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गरेको, सम्झौता नगरी आधा राजस्व असुल गरी बाँकी राजस्व रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

नगरप्रमुख तेली र उपप्रमुख रेशम कुमारी थापासमेतका प्रतिवादीहरुले आपसी मिलेमतो र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी एक आपसमा गरकानुनी लाभ लिने बदनियतले रकम हिनामिना गरेको देखिएको आयोगले जनाएको छ । 

नगरप्रुमख तेली, उपप्रमुख थापा, सो नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध एक करोड ६० लाख ४६ हजार ३४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध एक करोड ३३ लाख ११ हजार ४३१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ । 

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब