फिल्म ‘राधे’को डिजिटल रिलिजका लागि २५० करोडको अफर ?

  • वैशाख २६, २०७७ | ३९८ पटक पढिएको |
alt

भारतमा लकडाउन लम्बिरहँदा यसको असर बलिउडमा पनि उत्तिकै परिरहेको छ । हल बन्द हुदाँ बलिउड चलचित्रको रिलिज रोकिएको छ ।

त्यसैले, अब केही निर्माताहरुले चलचित्रलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी पनि गरेका छन् । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब’ अनलाइन रिलिजका लागि तयार छ ।

पछिल्लो केही दिनयता नायक सलमान खानले अभिनय गरेको चलचित्र ‘राधे’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको चर्चा सुरु भएको छ । अनलाइनमा रिलिज गर्न यस चलचित्रलाई २५० करोडको अफर आएको बताइएको छ ।

यस बिषयमा कुरा गर्दै सलमानका म्यानेजर जोर्डी पट्टेलले भारतीय मिडियासँग भनेका छन्–‘अहिले नै चलचित्र तयार भएको छैन । त्यसैले कती रकममा चलचित्र बेच्ने भन्ने कुरा नै भएको छैन । हामी अहिले नै चलचित्रको विक्री रकम अनुमान गर्न सक्दैनौ ।’

चलचित्रको एउटा गीतको छायांकन अझै बाँकी रहेको बताइएको छ । उनले चलचित्र डिजिटल प्लेटफर्ममा बेच्नका लागि आफूहरु तयार रहेको समेत बताएका छन् । तर, पहिले चलचित्र नै पूर्ण हुनुपर्ने उनको भनाई छ ।

भारतमा अगष्ट वा सेप्टेम्बरदेखि चलचित्र भवनहरु खुल्ने अपेक्षा गरिएको छ । तर, चलचित्र भवनहरु खुलेपनि हलमा दर्शक आउनका लागि केही समय लाग्छ । त्यसैले मेकरहरुले डिजिटल माध्यमलाई विकल्पको रुपमा हेरिरहेका छन् ।

इदमा रिलिज हुने भनिएको यो चलचित्रमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा छन् । यो चलचित्र इदमा भने अब रिलिज नहुने पक्का जस्तै छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब