अनलाइन डान्स क्लासबाट उर्वशीले कमाइन् ५ करोड

  • वैशाख ३१, २०७७ | ६५९ पटक पढिएको |
alt

बलिउड नायिका उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट पाँच करोड रुपैयाँ आम्दानी गरेकी छिन् । लकडाउनको कारण बलिउडका सबै कलाकार घरमै छन् ।

कोही सामाजिक सञ्जालको माध्यमबाट आफ्नो फ्यानलाई कोरोनाको विषयमा जानकारी दिइरहेका छन् भने कतिपय सामाजिक काममा पनि सक्रिय छन् ।

नायिका उर्वशी रौतेलाले भने आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी थिइन् । कोरोना संक्रमितहरूको सहयोगका लागि उनले यो काम सुरु गरेकी हुन् । यसमा करिब १८ करोड मानिसहरू जोडिएका थिए । जसबाट उनले पाँच करोड रुपैयाँ आम्दानी गरेकी थिइन् ।

उर्वशीले अनलाइनको माध्यमबाट जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन्। उर्वशीले, डान्स क्लासबाट उठेको रकम क्राई फाउन्डेसन र स्वेदश फाउन्डेसनलाई सहयोग गरेकी छिन् ।

यी दुवै संस्थाले कोरोना संक्रमणको समयमा अघिल्लो पङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि काम गरिरहेका छन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब