दोलखाको जुगु केन्द्रविन्दु भएर परकम्प गएको छ ।
मंगलवार राति ११ बजेर ५३ मिनेटमा दोलखाको जुगु केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । यसको धक्का उपत्यकामा पनि महसुस गरिएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved