भारतबाट आएको नेपालीका दशगजा वास "आफ्नै नागरिक असुरक्षित भएपछि पिडा त हुन्छ ः स्थानियतहको सरकार"

  • वैशाख ३१, २०७७ | ४०७ पटक पढिएको |
alt

भारतबाट आएको नेपाली नागरिक दशगजा क्षेत्रमा असुरक्षि वास बसेका छन । दशगजाबाट टुलु टुलु हेर्दै आफ्नो गाउँ तथा मान्छे पनि विरानो जस्तो अनुभुति गरिरहेका छन । नेपाल सरकारले विदेशबाट आएकाहरुलाई नभित्रियाउन निर्देशनका कारण दशगजामा असुरक्षित वास बसेका छन ।
सिरहा नगरपालिकले भारतबाट आएका ४६ जना नेपालीलाई दशगजा क्षेत्रमा वास बस्न सम्पूर्ण व्यवस्था मिलाएको छ । जस मध्ये सिरहा नगरपालिकाको १४ जना, धनगडीमाई नगरपालिकाको १६ जना, लहान नगरपालिकाको २ जना, औरही गाउँपालिकाको १ जना, कल्यानपुर नगरपालिकाको १ जना, विष्णुपुर गाउँपालिकाको १ जना गरी कर्णली प्रदेशको अठविसकोट नगरपालिकाको ७ जना र नलगडा नगरपालिकाको १ जना रहेका छन । ।
दशगजा क्षेत्रको खण्डरमा आफ्नै दाजुभाईलाई असुरक्षित रुपमा राख्नु पर्दा मन दुःखी हुन्छ । तर नेपाल सरकारको निर्णयलाई पालन गरी नगरिकलाई बचाउनु पर्ने कर्तव्य पनि भएकोले चुनौती पूर्ण रुपमा कार्य गरिरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो । हावाहुरी र गर्मिको समय रहेकोले दशगजा क्षेत्र धेरै नै असुरक्षित छ । यस क्षेत्रमा हावाहुरी र सर्पको ठुलो चुनौती रहेको छ । वास बसेका आफ्नै दाजुभाईलाई खाना र पानी दिन कसैले मानि रहेका छैन । सम्पूर्ण व्यवस्थापन गर्न स्थानियतहको सरकारलाई ठुलो चुनौती रहेको छ । नेपाल सरकारले यो विषयलाई समयमा सामाधान नगरे कोरोना भइरस भन्दा अन्य कारणले धेरै नागरिकका ज्यान जान सक्छ । यसका लागि सबैले समयमै सचेत हुन जरुरी रहेको यादबले बताउनु भयो ।
त्यसैगरी औरही गाउँपालिकामा पनि अफ्नो छोरा छोरी दशगजा क्षेत्रमा पिडित भएको भन्दै गाली सुन्नु परिरहेको अध्यक्ष सिद्धर्थ यादबले बताउनु भयो । हाल औरही गाउपालिकाको दशगजा क्षेत्रको विभिन्न ठाउँमा ७ जनालाई किरपाल मुनि राखिएको छ । सरकारले यस विषयलाई गम्भिरताका साथ नलिए हाम्रो लागि मात्र नभई सबैका लागि चुनौती पूर्ण हुनेछ । कम्तिमा भारतबाट आएको नेपाली नागरिकलाई स्थानियतहको क्वराइन्टाइनमा राख्न सक्ने व्यवस्थाका साथ निर्णय लिनु पर्ने जरुरी रहेको यादबले बताउनु भयो ।
स्थानियतहको सरकारले भारतबाट आएका नेपालीहरुलाई क्वराइन्टाइनमा राख्ने विषयमा कुरा गर्दा जिल्ला अधिकारीले त्यस्ता निर्णय सरकारको नरहेको बताएको कारण दशगजा क्षेत्रमा राख्नु परको स्थानियतहको सरकारले जानकारी दिनु भयो ।

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब