नेपालमा एक जना बराबर ४० हजार रुपैयाँ सार्वजनिक ऋण

  • जेठ १, २०७७ | ४४९ पटक पढिएको |
alt

नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई बुधबारसम्म केन्द्रिय तथ्यांक विभागकाे तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९९ लाख ५३ हजार २ सय ९० जनाले भाग लगाउँदा एक नेपालीको भागमा ३९ हजार ९ सय १५ रुपैयाँ ऋण पर्न जान्छ ।

सरकारले पछिल्लो तीन महिनामा मात्र आन्तरिक र बाहृय गरी ९० अर्ब ४६ करोड १६ लाख ८२ हजार रुपैयाँ लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा बाहृय ऋण ६० अर्ब ३ करोड २२ लाख र आन्तरिक ऋण ३० अर्ब ४२ करोड ९४ लाख रुपैयाँ उठाइएको छ । पछिल्लो तीन महिनामा सरकारले ८.१८ प्रतिशतले ऋण थपेको छ ।

जीडीपीको ३१.९० प्रतिशत ऋण

नेपालको कूल र्गाहस्थ उत्पादन (जीडीपी) को ३१.९० प्रतिशत बराबर नेपालको सार्वजनिक ऋण पुगेको छ । केन्दि्रय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जीडीपीको आधार भने ३७ खर्ब पुगेको छ ।

नेपालको सार्वजनिक ऋणमध्ये बाहृय ऋण जीडीपीको १८.८ प्रतिशत र आन्तरिक ऋण १३.०२ प्रतिशत रहेको आंकडा छ ।

चालु आवको ९ महिनामा थपियो १ खर्ब २० अर्ब ऋण

चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनाको अवधिमा सरकारले १ खर्ब २० अर्ब सार्वजनिक ऋण थपेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म ६५ अर्ब ७२ करोड २६ लाख रुपैयाँ बाहृय ऋण प्राप्ती भएको छ ।

जसमा बहुपक्षीय स्रोतबाट ४५ अर्ब ६३ करोड ६८ लाख र द्विपक्षीय स्रोत (मित्रराष्ट्रहरु)बाट २० अर्ब ८ करोड ५७ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । आन्तरिक ऋण भने सरकारले चैत समान्तसम्म ५५ अर्ब २६ करोड उठाएको छ ।

यसभित्र अन्तराष्ट्रिय मुद्रा कोषले ‘भ्यालू एडजस्टमेन्ट’का लागि दिएको सुविधासमेत जोडिएको छ । यसबाहेक ‘टे्रजरी बील’बाट पनि आन्तरिक ऋण संकलन गरिएको छ ।

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब