धुलिखेल अस्पतालमा सुत्केरी मृत्युको कारण थाहा हुन सकेन, थप अध्यन भइरहेको छ : प्रवक्ता देवकोटा

  • जेठ ३, २०७७ | २०५ पटक पढिएको |
alt

सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको ज्यान जानुको कारण अझै खुलिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्यान जानुको कारण खुल्न बाँकी रहेको जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुत्केरी महिलाको गएको २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज गरेको जानकारी दिनुभयो । उहाँले डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा समस्या भएपछि सुत्केरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएको तर अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको पाइएको छ ।’ सुत्केरीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ज्यान जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब