विश्वमा साढे १८ लाख निको, नेपालमा एक सातामै १ सय ८३ संक्रमण थपिए

  • जेठ ५, २०७७ | २३८ पटक पढिएको |
alt

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित  मध्ये साढे १८ लाख भन्दा धेरै निको भएका छन् ।अहिलेसम्म १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएका हुन् । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहलेसम्म सङ्क्रमित ३ लाख १६ हजार ५ सय १४ जनाको भने ज्यान गएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ। अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाको इपिसेन्टर बन्दै  गएको ब्राजिलमा २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । ९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय  ११ मा संक्रमण देखिएको थियो । 

यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो । गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ । 

परीक्षण दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब