राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।
बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ ।
कोभिड-१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज आउने अपेक्षा गरिएको छ । त्योसँगै शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरु ल्याउने योजना सरकारले घोषणा गरिससकेको छ ।
विभिन्न राजनीतिक दल र नेताहरुले सरकारकाे नीति तथा कार्यक्रम प्रभावकारी नभएकाे भन्दै आलाेचना गर्नै आइरहेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved