क्वारेन्टाइनमा खाद्यन्नको जिम्मा खाद्य व्यवस्था कम्पनीलाई

  • जेठ ६, २०७७ | ३४५ पटक पढिएको |
alt

विदेशबाट फर्काएर क्वारेन्टाइनमा राखिने नेपालीका लागि  आवश्यक खाद्यन्नको प्रबन्ध खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत गरिने भएको छ ।

क्वारेन्टाइनमा राख्नु पर्ने हजारौं नेपालीका लागि आवश्यक पर्ने सबै खाले खाद्यन्नको उचित प्रवन्ध गर्न तयारी थालिएको कम्पनी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

‘कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति तथा मन्त्रिपरिषद् बैठकमा भएको सहमति बमोजिम उनीहरुको खाद्यन्नको प्रबन्धको जिम्मा  सरकारले लिने र सोही बमोजित तयारी थालिएको छ,’ ती अधिकारीले भने ।

क्वरेन्टाइनको भान्साका लागि चाहिने तरकारी, चिनी, नून, दाल चामल तेलसहितका सबै वस्तु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको कम्पनीमार्फत गरिने मन्त्रालयले पनि पुष्टि गरेको छ । यस विषयमा तथ्यांक संकलन र वितरण प्रणालीबारे छलफल चलिरहेको मन्त्रालयका एक उपसचिवले बताए ।

क्वरेन्टाइन कसरी बनाइने र त्यहाँ खाद्यन्नको आपूर्ति कम्पनीको शाखा केन्द्रमार्फत कसरी पुर्‍याइने भन्ने मोडालिटीमा छलफल चलिरहेको उनले बताए ।

कम्पनीको देशभर ६९ वटा जिल्लाका १ सय ५६ जना खाद्य भण्डारण डिपो कार्यालयहरु छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब