मन्त्रीले दिए गलत सूचना, नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन

  • जेठ ७, २०७७ | १५१ पटक पढिएको |
alt

नेपालमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको समाचार सत्य नरहेको बताइएको छ । क्रिमसन अस्पतालले आफूकहाँ उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै प्रकाशित समाचार गलत र भ्रामक भन्दै समाचारको खण्डण गरेको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त व्यक्तिको मृत्यु भएको सूचना दिएपछि टुडेपाटी लगायतका संचारमाध्यमले उक्त समाचार प्रकाशन गरेको थियो । मन्त्री बरालले भनेका थिए, ‘ ‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ।’

गुल्मी जिल्ला निवासी पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका र उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस ९मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम० भई उपचार अगाडि बढाउने क्रममा कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका लागि नमुना पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएको भए पनि मृत्यु भने नभएको अस्पतालले स्पष्ट पारेको छ।

‘केही सामाजिक सञ्लाल तथा सञ्चार माध्यममा बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धममा गलत समाचारको पछि नलाग्नुहुन’ अस्पतालले सबैमा अपिल गरेको छ।

बिरामीको अस्पतालको आइसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी पनि अस्पतालले गराएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब